Comments Add Comment

दोस्रो ओडिआईमा इंग्ल्याण्ड विजयी

२९ भदौ, काठमाडौं । घरेलु टोली इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्धको ओडिआई सिरिज अन्तर्गत दोस्रो खेल जित्दै सिरिज बराबरी गरेको छ । नाटकीय बनेको खेलमा इंग्ल्याण्डले २४ रनको जित हात पारेको हो ।

जितपछि घरेलु टोलीले सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो ओडिआई अष्ट्रेलियाले १९ रनले जितेको थियो । इंग्ल्याण्डले दोस्रो खेल जितेपछि अब तेस्रो तथा अन्तिम खेल निर्णायक बन्नेछ ।

इंग्ल्याण्डले दिएको २३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४८.४ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो । कप्तान आरोन फिन्चले अर्थशतक प्रहार गरेपनि टिमलाई जिताउन सकेनन् । फिन्चले सर्वाधिक ७३ रन बनाए । यस्तै मार्नुस लाबुसेचनले ४८, एलेक्स क्यारीले ३६ र प्याट कमिङ्सले ११ रन बनाउनुबाहेक बाँकीले दोहोरो अकंमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियालाई अलआउट गर्दै इंग्ल्याण्डलाई जित दिलाउन क्रिस वोक्स जोफ्रा आर्चर र साम कुरानले ३-३ विकेट लिए ।

त्यसअघि म्यानचेष्टरस्थित ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो । इंग्ल्याण्डका कप्तान इओन मवर्गनले सर्वाधिक ४२, टम कुरानले ३७ र जो रुटले ३६ रन बनाए ।

१४९ रन बनाउदा ८ विकेट गुमाएपछि एदिल रसिद र टम कुरानले नवौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए ।

टमले ३७ र योगदान गर्दा एदिल रसिदले अविजित ३५ रन जोडे । उनले २६ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

अष्ट्रेलियाक लागि एडम जाम्पाले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।

अन्तिम ओडिआई बुधबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment