+
+
Shares

फूल र मृत्यु [ कविता ]

कृष्णमणि पराजुली कृष्णमणि पराजुली
२०७७ भदौ ३० गते १३:००

ए मृत्यु !

तिमीलाई किन कठोर मान्छन् मान्छेहरु
अहँ थाहा छैन उनीहरुलाई
तिमी कति सहृदयी छौ
त्यसैले त
जन्मले तिमीलाई पछ्याई रहेछ ।
जन्मलाई निश्चयनै थाहा छ
मृत्यु सम्मको गन्तव्य
उसको त त्यतिमात्र हुन्छ गन्तव्य
हो, जन्म त्यहाँसम्म रमाउनु पर्दछ
उसको रमाउने गन्तव्य
जो कोहीले मापन गर्न सक्दछ
सायद उ आफै नापजाँच गर्न सक्दछ
ऊ पुग्ने गन्तव्य ।

तर,
मृत्युको गन्तव्य त अनन्त छ
अदृश्य छ
कौतुहलपूर्ण छ
जिज्ञासै जिज्ञासा छ
जति अध्ययन गर्‍यो
उती बुझ्न कठिन लाग्ने हुन्छ
हो त्यसैले,
आजभोलि किन किन मलाई पनि
मृत्युवरण गर्न मन लाग्छ
फूल जस्तै भएर ।
प्रसव वदना बोकेर
सकिनसकि
कसरी गुलाब फुलिदिन्छ
अरुहरुकै लागि ।
काँडाको बीच सुगन्ध फैलाउँदै
कति घामपानी आँधीबेरी
सहेको हुन्छ उसले
तीखा तीखा चुच्चे मुखहरुलाई
पन्छाउँदै, अघि बढ्दै
अनवरत संघर्ष गरिरहन्छ
आफ्नै मृत्युलाई भेट्टाउन ।
हो कति नि:स्वार्थ भैदिन्छ
त्यो गुलाबी फूल
आफ्नै छातीभरि
आफैं तिखातिखा सुइरा रोप्दै
आफ्नै अन्त्यको लागि ।
उसले अरुको लागि
फुलिदियो जीवनभरि
अनि मृत्यु पनि वरण गरिदिन्छ
हाँसी हाँसी अरुकै लागि
हो, त्यसैले
मलाई पनि गुलावको फूल जस्तै
मृत्युवरण गर्न मन लाग्छ
गुलाफको फूल जस्तै
मृत्युवरण गर्न मन लाग्छ ।

 

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?