Comments Add Comment

जीवनको मधुरता के हो ?

सामान्यतया, कुनै पनि वास्नाले मानिसलाई कसरी र कति हदसम्म आकर्षित गर्छ भन्ने कुरा मानिसको शरीर र मनको स्तरमा भर पर्ने गर्छ । त्यसैले त, कहिले काहीँ अनायासै हिँडिरहेका बेलामा समेत हामीलाई कुनै वास्नाले अचानक मोहित पार्ने गर्छ । कति मानिसको दिमागमा यति धेरै नकारात्मकता भरिएको हुन्छ कि उनीहरुलाई कुनै बास्ना महसुस नै हुँदैन । किनभने एक निश्चित बास्ना महसुस गर्नका लागि मानिसलाई एक विशेष किसिमको संवेदनशीलताको आवश्यकता पर्दछ ।

यो कुरा हामी आफैले पनि महसुस गरेको हुनुपर्छ । जब मनमा अनेकथरी कुरा खलिरहेको हुन्छ, तब फुलको सुगन्ध पनि हामीलाई महसुस हुँदैन । तर जब हाम्रो मन प्रशन्न रहन्छ, वरिपरिको वातावरण पनि हामीलाई रंगीन लाग्न थाल्छ र फुलको वास्ना पनि अचानक महशुष हुन थाल्छ ।

फूल त जहिलेपनि वास्नादार नै थियो । यसले वातारणमा सुगन्ध फैलाईरहेकै थियो । कुरा यत्ति हो कि उक्त सुगन्धलाई महसुस गर्नलाई हामीलाई यस्तो कुराको आवश्यकता थियो, जुन हामीसँग थिएन ।

त्यसो त फूल होस् वा अन्य वोटविरुवा । माटो होस् वा जीवन । सबैको आ–आफ्नै सुगन्ध हुन्छ । आ–आफ्नै विशेषता हुन्छ । तर त्यसलाई महसुस गर्नका लागि आफूभित्र एक खास किसिमको मधुरता हुन जरुरी छ ।

आफूभित्र एक किसिमको आनन्द हुन जरुरी छ । ताकि बाहिर निस्कदा बोटविरुवासँग कुरा गरुन् । प्राचीन कालमा यही तरीकाबाट मानिसहरुले हजारौ किसिमको वनस्पतिको उपयोगिताबारे पत्ता लगाएका थिए ।

यसका लागि उनीहरुलाई न त माइक्रोस्कोपको जरुरत प¥यो न त कुनै सुक्ष्म अध्ययनकै । बोटविरुवाले विभिन्न माध्यमद्वारा यो कुरा भनेकै कारण हामीलाई यस्ता आर्युवेदिक औषधिबारे थाहा भयो ।

बोटविरुवाले तब बोल्छन्, जब हामीसँग बोल्नका लागि केही पनि हुँदैन र हामी मौन बस्छौं । हामीसँग बोल्नका लागि तबमात्र केही हुन्छ हामी आफ्नो अस्तित्वबारे बुझ्छौं । अस्तित्वको सिमाबारे जानकारी हासिल गर्छौ ।

उदाहरणका लागि आज भन्दा करिब २० वर्ष अघिसम्म पनि फोनको प्रयोग ज्यादै न्युन हुन्थ्यो । मानिसहरु अत्यावश्यक पर्दा मात्र फोनको प्रयोग गर्थे । आज जमाना बदलिएको छ । प्रत्येक मानिससको हातमा स्मार्टफोन छ । त्यसैले, आज  मानिससँग बोल्नका लागि अनगिन्ती कुरा छन् ।

हो, प्रविधिले हामीलाई सक्षम बनाएको छ । प्रविधिका कारण नै हामी अघि बढ्न सफल भएका छौं । यस्ता प्रविधिलाई हामी राम्रो काममा प्रयोग गर्न सक्छौ । यसमा कुनै द्विविधा छैन ।

तर जति जति यस्ता प्रविधि वा स्मार्टफोनको व्याट्री सकिन थाल्छ, तब यसलाई चार्ज गर्ने चार्जरको अभावमा हामी स्वत गायब हुन थाल्छौ । व्याट्रीको अभावमा स्मार्ट फोनको अभावले हामी अचानक मुर्ख जस्तो लाग्न थाल्छौं । अर्थात हाम्रो स्मार्टनेशको मुख्य कारण भनेकै हाम्रो फोन हो ।

यस अर्थमा स्वाधिष्ठान र मणिपूरक दुई यस्ता आयाम हुन् जसको मद्दतले मानिसहरु कयौ काम गर्न सक्दछन् । हामी जति जति अघि बढ्छौ, यो कम सक्षम र धेरै भेदभाव पूर्ण हुनथाल्छ । एक तरीकाले भन्ने हो भने यो मणिपूरक स्वाधिष्ठान र मूलाधारकै परिणाम हो ।

मणिपूरक स्वाधिष्ठान र मूलाधार शरीरको भरण पोषणको केन्द्र हो । जुन कुरा शरीरको लागि आवश्यक हुन्छ, त्यसलाई फेरी पैदा गर्नमा यो सक्षम हुन्छ । र, यी दुवै मिलेर नै जीवनको रचना हुन्छ । मणिपूरकले त्यसलाई सम्भाल्ने मात्र गर्छ । यस अर्थमा जीवनमा मणिपूरक निकै महत्वपूर्ण हुन्छ ।

जीवनका प्रत्येक चक्र आफ्नो स्थानमा सर्न सक्छ । तर विशेषगरी मणिपूरक बढी गतिशील हुने भएकोले यो एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तर भइरहने गर्छ । किनकी यो यस्तो स्थान हो, जसमा शरीरमा रहेको ७२ हजार नाडि एक आपसमा मिल्दछन् र फेरी जोडिने गर्छन् । त्यसैले त, मानिसहरुले आफ्नो मणिपूरकलाई अलग अलग किसिमले गति दिन सक्छन् ।

जबकी स्वाधिष्ठान भनेको आत्मा र स्थान हो । यो अवचेतन मनको त्यो स्थान हो जहाँ मानिसको अस्तित्वको प्रारम्भमा गर्भैदेखि जीवन अनुभव र आफ्नो छायाँ संग्रहीत रहन्छ ।

मुलधारले हाम्रो सबै कर्मको भण्डारण गर्छ भने स्वाधिष्ठानले  यसलाई सक्रिय तुल्याउँछ । स्वाधिष्ठानले जागृति स्पष्टता र व्यक्तित्वको विकास गर्छ ।

त्यस्तै, मुलधारको सम्बन्ध अचेतन मनसित हुन्छ जहाँ पहिलेको जीवनको कर्म र अनुभव संग्रहित हुन्छ । यसले नै हाम्रो भावी प्रारम्ध निर्धारण गर्छ । र, यो मानिसको व्यक्तित्व विकासको जग पनि हो । यसले मानिसमा स्फूर्ति, उत्साहको प्रवाह गर्नुका साथै व्यक्तित्वको विकास गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment