+
+

त्रिभुवन विमानस्थलमा सकिए चार आयोजनाको काम

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३० गते १८:०६

३० भदौ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एकैपटक चार आयोजनाको निर्माण सम्पन्न भएको छ । यी आयोजनाको मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्घाटन गरे ।

विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३०० मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पाकिङ्ग स्थल, नयाँ अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्क वे’ र कभर्ड हल निर्माणको काम सम्पन्न भएको विमानस्थलले जनाएको छ ।

उक्त अवसरमा मन्त्री भट्टराईले कोभिड महामारीकाबीच पनि आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणामबाटै विमानस्थलमा महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताए ।

संक्रमणको जोखिम मोलेर आत्मवल र आत्म विश्वासका साथ निरन्तरताको प्रयासबाट काम सम्पन्न भएको समेत बताए । विमानस्थलको क्षमता विस्तारसँगै सेवा आधुनिकीकरणको काम आगामी दिनमा पनि जारी राखिने उनको भनाइ छ ।

सरकारले ५ असोजबाट आन्तरिक उडान खोल्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय उडान संख्या समेत थप्ने निर्णय भइसकेको छ । निकट भविश्यमा विमानस्थल पूर्ण क्षमतामा संचालनको तयारी छ ।

विमानस्थलमा लकडाउनको मुखमा संरचना निर्माणको काम जारी रहेका थिए । उनले कोभिड महामारीबाट सुरक्षित रहेर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्दै सुरक्षित हवाई सेवाको सुनिश्चितताका लागि सबैको सक्रिय सहयोग चाहिने बताए ।

विमानस्थलको विस्तारको संरचनाले विमानस्थलको चाँप कम गर्नुका साथै जहाज आकासमा फन्को लगाउने ‘होल्ड’ हुने अवस्थाको पनि कमी आउने बताए । विमानस्थलको विद्यमान संरचनाका साथै क्षमता विस्तारका अन्य काम चाडै थालिने जानकारी विमानस्थलले जनाएको छ ।

समानान्तर ट्याक्सी-वे, विमानस्थलको उत्तरतर्फ साना ठूला २४ वटा जहाज अटाउने पार्किङ स्थल, आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबैतर्फ नयाँ टर्मिनल भवन, सेवा विस्तार लगायतका कामसहित विमानस्थलको गुरुयोजनाको काम छिट्टै टुङ्गो लगाएर निर्माण प्रारम्भ गर्ने तयारी विमानस्थलले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?