+
+
Shares

नेटवर्किङ व्यवसायसम्बन्धी प्रतिवेदनमाथि छलफल गर्न कोरम पुगेन

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३१ गते १४:३५
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बेठकको फाइल तस्वीर ।

३१ भदौ, काठमाडौं । नेटवर्किङ व्यवसायसम्बन्धी प्रतिवेदनमाथिको छलफल गर्न बोलाइएको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ ।

बिहान साढे ११ बजे बोलाइएको बैठकमा सवा १२ बजेसम्म ६/७ जना मात्रै उपस्थित थिए । ‘कोरम नपुगेपछि आजको बैठक स्थगित गरियोे’ समिति सभापति बिमल श्रीवास्तवले भने ।

समितिमा २१ जना सदस्य छन् । कोरमका लागि ५१ प्रतिशत अर्थात ११ जना चाहिन्छ ।

वस्तुको प्रत्यक्ष बिक्रीको नाममा नेटवर्किङ बिजनेस सुरु भएको भनेर ब्यापक आलोचना भएपछि समितिले गत साउन १५ गते पाँच सदस्यीय ‘नेटवर्किङ व्यावसाय अध्ययन उपसमिति’ गठन गरेको थियो ।

उपसमितिले मूल समितिलाई प्रतिवेदन बुझाइसकेको छ र समिति सदस्यहरुलाई वितरण गरिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद सोमप्रसाद पाण्डे नेतृत्वको उपसमितिले ऐनको कमजोरी सच्याएर पिरामिड शैलीको नेटवर्किङ व्यवसाय गर्न नदिने गरी कदम चाल्न सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?