+
+
Shares

उखु किसानका रुपमा दर्ता हुने म्याद एक महिना थप

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३१ गते १६:०१

३१ भदौं, काठमाडौं । सरकारी अनुदान पाउन उखु किसान स्थानीय तहमा दर्ता हुने समय एक महिना थप गरिएको छ ।

कोभिड १९ का कारण किसानलाई दर्ता हुन समस्या भएको भन्दै भदौ मसान्तसम्म दिइएको दर्ता अवधि एक महिना थपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

उखु किसानलाई अनुदान दिने कार्यविधि २०७५ अनुसार सरकारी अनुदान पाउन उखु किसान स्थानीय तहमा दर्ता हुन अनिवार्य गरिएको छ ।

गत जेठमा एक सूचना जारी गर्दै कृषि मन्त्रालयले भदौ मसान्तसम्म स्थानीय तहमा दर्ता हुन किसानलाई आग्रह गरेको थियो । छुटेका किसानको लागत संकलन सकिएपछि उखु किसानको लगत संकलन गर्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?