Comments Add Comment

मुटु चाहिन्छ मुटु

हामीले खाएका चिल्ला र अन्य खानेकुराले शरीरमा धेरै कोलेस्ट्रेल जम्मा हुन्छ, जसले मुटुलाई आफ्नो कार्य गर्नमा अवरोध गर्छ । यसका कारण मुटु दुख्ने र हृदयघात समेत हुने सम्भावना हुन्छ ।

मुटुका समस्याहरुमा ब्लकेज, सुजन, पोल्नु, खराब जीवनशैली, तनाव जस्ता कारणहरुले गर्दा मुटु सम्बन्धी समस्याहरु उत्पन्न हुन्छ । कोलेस्ट्रोलको कारण मुटुमा ३० प्रतिशत मात्र समस्या उत्पन्न हुन्छ । मुटु स्वस्थ्य बनाउनका लागि स्वस्थ्य जीवनशैली अपनाएर मुटु सम्बन्धी रोगहरु लाग्नबाट बच्न सकिन्छ ।

मुटु रोगबाट बच्न

खानपान –ताजा, पोषिलो, स्वस्थ्यकर र सन्तुलित खानाले मुटुलाई बलियो र स्वस्थ्य राख्छ । जबकी खराब खानपान मुटु रोगको कारण बन्ने गर्छ । प्रशोधित, चिनिजन्य, बोसोयुक्त, कृतिम, मदिराजन्य खानपान मुटुको लागि हानिकारक मानिन्छ ।

व्यायाम –बढि तौल हुनुको अर्थ हाम्रो कम्मर वरपरको भागमा अतिरिक्त बोसो जम्नु हो । यसले मुटु सम्बन्धी समस्याहरु उत्पन्न गराउँछ । दिनहुँ नियमित व्यायाम गर्नाले मुटु सम्बन्धि रोगहरु लाग्नबाट बच्न सकिन्छ । स्वस्थ्य खाना र आवश्यक व्यायाम गर्नाले मुटु सम्बन्धि रोग लाग्ने सम्भावना कम हुन्छ ।

तनावमुक्त –तनावलाई नियन्त्रणमा राख्नका लागि ध्यान गर्ने, तनावमुक्त हुने किसिमका अभ्यासहरु गर्नु पर्छ ।

निद्रा –अनिद्रा आफैमा समस्या हो । यसले मोटोपन बढ्ने, उच्च रक्तचाप हुने,हृदयघात हुने तथा मधुमेह जस्ता रोगहरु पैदा गर्छ । त्यसैले पर्याप्त र गहिरो निद्रा जरुरी छ । मुटुलाई स्वस्थ्य राख्न पनि निद्राको भूमिका उत्तिकै छ ।

अहिलेको तनावग्रस्त जीवनशैलीमा मुटुको रोगको खतरा दिन–प्रतिदिन बढ्दो छ । यहि कारण धेरैजना हृदयघातको जोखिममा छन् । मुटुलाई स्वस्थ्य राख्नका लागि तनावरहित हुनु आवश्यक । त्यस्तै, सक्रिय जीवनशैली र स्वस्थ्य खानपानले मुटुको रोगको जोखिम कम हुन्छ ।

यस्तो अपनाउनुहोस् खाने तालिका

– बिहान नास्ता खानु उपयुक्त हुन्छ । साथै समयमै मध्यन्हको खाना पनि खाने गर्नुपर्छ ।

-नुनको प्रयोग सकेसम्म घटाउनुपर्छ ।

-कम वोसोयुक्त खानेकुरा सेवन गरौं ।

-ताजा हरियो सब्जी र फल सेवन गरौं ।

-जति रंगको फल हुन्छ, स्वास्थ्यका लागि उत्तिनै लाभकारी हुन्छ ।

-चुरोट सेवन गर्ने वानी त्यागौं ।

-खाना बनाउनका लागि संभव भएसम्म जैतुनको तेल ओलिभ आयल प्रयोग गरांै ।

-पर्याप्त निन्द्रा लिनुपर्छ । राम्ररी सुत्न सकिएन भने यसले शरीरको स्ट्रेश हर्मोन बढाउँछ र धमनीलाई वाधा पु¥याउँछ ।

-घन्टौसम्म एकै स्थानमा एकै पोजिसनमा बस्नु पनि मुटुको स्वस्थ्यका लागि ठीक होइन ।

-थोरै समय व्यायामका लागि निस्कनुपर्छ । प्रतिदिन कम्तिमा आधा घण्टा व्यायाम गरौं । यसले हृदयघातको संभावना एक तिहाइसम्म कम हुन्छ ।

-तनाव मुटुको स्वस्थ्यका लागि हानिकारक हुन्छ । तनावको कारण मस्तिष्कमा जुन रसायन स्रावित हुन्छ, त्यसले मुटुको सबै प्रणालीलाई खराब गर्छ ।

घरेलु विधी

मुटु सम्बन्धी समस्या भएकाले निम्न घरेलु विधी अपनाउन सक्नेछन् ।

-पानी र कागतीको रस नियमित पिउने ।

-मौसमी फल, लिची, स्याउ सेवन गर्ने ।

-सब्जीको रुपमा पिँडालु  सेवन गर्नुहोस् ।

– खानामा दही सामेल गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment