+
+
Shares

रुसमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १ गते १६:५१

१ असोज, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार नाघेको छ । रुसको कोरोनाभाइरस क्राइसिस रेस्पोन्स सेन्टरले दिएको जानकारी अनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका कारण १४४ जनाको मृत्यु भएको हो ।

त्यस्तै रुसमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि १० लाख ८५ हजार २८१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका पाँच हजार ७६२ नयाँ संक्रमित थपिएका छन् । संक्रमित संख्याको आधारमा रुस कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने चौथो मुलुक हो । अहिलेसम्म अमेरिका, भारत, ब्राजिल र रुसमा मात्र १० लाखभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?