+

राखेपका ४ कर्मचारीको जिम्मेवारी हेरफेर

२०७७ असोज  १ गते १९:२९ २०७७ असोज १ गते १९:२९
राखेपका ४ कर्मचारीको जिम्मेवारी हेरफेर

१ असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । भदौ ३१ गतेको निर्णयानुसार जिम्मेवारी हेरफेर गरिएको हो ।

आपूर्ति तथा भण्डार शाखाका प्रमुख बज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ । सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि पनि भण्डार शाखामै थिए ।

इन्द्रबहादुर कार्की संघ संस्था समन्वय शाखा प्रमुख बनेका छन् । कार्की १३ औं दक्षिण एसियाली खेलकुद तयारी सचिवालयमा थिए । उक्त शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ गत भदौमा अनिवार्य अवकाश भएपछि प्रमुखको पद रिक्त थियो ।

त्यस्तै शारदा दाहालले सामान्य प्रशासन शाखाको प्रमुखको जिम्मेवारी पाएकी छिन् । उनी पनि सोही शाखामा थिइन् । सामान्यका प्रमुख लवभक्त श्रेष्ठले गत असारमा राजीनामा दिएपछि उक्त पद खाली थियो ।

केसी २०४५ साल तथा बाँकी २०५३ सालमा परिषद् सेवामा प्रवेश गरेका थिए ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार पत्र हस्तान्तरण गर्दै पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय