+
+

‘४०० वर्षसम्म पनि आन्दोलन गर्न तयार छौं’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३ गते १८:२२

३ असोज, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)ले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ । जसपाका नेता कार्यकर्ताले ‘अपुरो संविधान विरोध कार्यक्रम’ नारा लेखिएको ब्यानरसहित पर्साको वीरगञ्ज र बाराको कलैयामा प्रदर्शन गरेका हुन् ।

वीरगञ्जको घण्टाघरबाट शुरु भएको विरोध कार्यक्रम नगर परिक्रमा गरेर घण्टाघरमै विरोध सभामा परिणत भएको थियो ।

जसपाले संविधान संशोधनको माग गर्दै आएको छ तर सरकारले सुनुवाई गरेको छैन । कतिपयले संविधानको मर्मलाई स्वीकार गरेर चुनावमा सहभागी भएको, संघीय सरकारमा गएको, प्रदेश २ सरकारको नेतृत्व गरिरहेको अवस्थामा संविधानको विरोध गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरिरहेका छन् ।

जसपा नेता लक्ष्मणलाल कर्णले मधेसी, जनजाति, दलित, महिला लगायत बहिस्कृत समुदायको अधिकार संविधानमा नसमेटिएको बताए । संविधान जारी भएको बेला आफूहरुमाथि घात भएको भन्दै उनले भने, ‘अरु दिपावली मनाइरहेका छन् । तर हामी संविधान संसोधन नभएसम्म यसको विरोध गरिरहन्छौं ।’

नयाँ संविधानले अन्तरिम संविधानले दिएको अधिकार समेत खोसेको उनको भनाइ छ । ६ महिना लामो शान्तिपूर्ण अदभुत आन्दोलनबाट अपूरो संविधानलाई पूर्ण बनाउन चासो नदिइएको भन्दै उनले भने भने, ‘४ वर्ष होइन, मधेसी, जनजाति लगायतले अधिकार नपाए ४०० वर्षसम्म आन्दोलन गरिरहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?