
४ असोज, कैलाली । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । जिल्लाको जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुभक्त उपाध्यायलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो ।
एक महिला कर्मचारीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । भदौ १९ गते उपाध्यायले बलात्कार गरेको महिलाले आरोप लगाएकी छन् ।
उजुरी दर्ता भएपछि शनिवार उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि जबरजस्ती करणीमा मुद्दासमेत दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्ष प्रतिक बिष्टले मुद्दा दर्ता भइसकेको र थप अनुसन्धान जारी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4