+
+

२१ लाख रुपैयाँ बराबरको पेट्रोल बोकेको ट्यांकर दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ४ गते १३:०७

४ असोज, काठमाडौं । भारतको बरौनीेबाट २० हजार लिटर पेट्रोल बोकेर आएको ट्याकंर दुर्घटनामा परेको छ । धादिङको चरौँदीमा दुर्घटनामा परेको ट्याकंरका चालक र सह चालक सुरक्षित रहेको नेपाल आयल निगमले जनाएको छ । ना ४ ख २८२२ नम्बरको ट्याकंर आइतबार बिहान दुई बजे दुर्घटनामा परेको थियो ।

उक्त ट्याकंर भदौ २६ गते बरौनीमा लोडभएको प्रारम्भिक जानकारी प्रााप्त भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अप्सरा कँडेलको नाममा रहेको उक्त ट्यांकर ट्याकंर दुर्घटनाको कारणबारे अनुसन्धान भई रहेको निगमले जनाएको छ । ट्यांकरमा २१ लाख ४० हजार रुपैयाँ बराबरको पट्रोल लोड भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?