Comments Add Comment

बारामा १२ लाख १६ हजार नक्कली नोटसहित २ जना पक्राउ

७ असोज, वीरगञ्ज । बाराबाट प्रहरीले १२ लाख १६ हजार रुपैयाँ नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बारागढी गाउँपालिका–५ सिघासनी बस्ने २३ वर्षिय बलिराम चौधरी भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने २७ वर्षका सन्दीप कुमार पक्राउ परेका हुन् ।

सिम्रौनगढ नगरपालिका वडा नं.९ बसवरिया नहरमा चोरीका मोबाइल खरिद बिक्री भएको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

बा.६४ प ९७०६ नम्बरको मोटरसाइकलमा आएका उनीहरुको शरीर खानतलासी गर्दा सन्दीपले बोकेको पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा नक्कली नोट लुकाएको पाइएको थियो ।

चेकजाँचका क्रममा १ हजार दरको नक्कली नोट थान १ हजार २ सय १६ थान फेला परेको मिश्रले जानकारी दिए । उनीहरुले बरामद गरिएको नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको जनाएका छन् ।

मोबाइल खरिद गर्ने व्यक्तिले नोट दिई ३० थान मोबाइल लिई फरार भएको दावी उनीहरुको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर थप अनुसन्धान र कारबाही शुरु गरिएको प्रहरीले जनाएको छ । मोबाइल लिई भागेका भनिएका व्यक्तिको खोजी सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment