Comments Add Comment

करिब १२ करोड जरिवाना तोकिएकी प्रतिवादी पक्राउ

८ असोज, काठमाडौं । प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीया जयन्ती केसी छिन् ।

काभ्रेको बनेपा–६ मा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । काभ्रेका प्रहरी प्रमुख एसपी रविराज पौडेलका अनुसार उनलाई उच्च अदालत, पाटनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा ९ करोड ४७ लाख ९२ हजार एक सय १६ रुपैयाँ र दुई करोड ३५ लाख गरी ११ करोड ८२ लाख ९२ हजार एक सय १६ रुपैयाँ जरिवाना सजायको फैसला सुनाएको थियो ।

अदालतले २९ वैशाख २०७१ मा दुई वटा मुद्दामा उनलाई दोषी ठहर्‍याउँदै ३/३ वर्ष कैद सजाय समेत गरेको पौडेलले बताए । अदालतको आदेशपछि उनी फरार थिइन् ।

पक्राउ गरेलगत्तै उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धुलिखेल पठाइएकोमा अदालतलको आदेशले उनलाई जिल्ला कारागार, धुलिखेल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment