Comments Add Comment

हामीसँग १३ खेलाडी मात्रै फिट छन् : ग्वार्डिओला

९ असोज, काठमाडौं । म्यानचेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाले क्लबमा १३ जना खेलाडी मात्रै फिट रहेको बताएका छन् । घाइते खेलाडीहरुको स्थानमा एकेडेमीका खेलाडीहरुलाई मौका दिने उनको भनाइ छ ।

काराबाओ कपमा बिहीबार सिटीले बोर्नमाउथलाई २–१ ले हराएको थियो । उक्त खेलमा डेबुट गरेका १७ वर्षीय लिआम डेलापले गोलको खाता खोलेका थिए । सिटीका लागि पहिलो गोल फिल फोडेनले गरेका थिए भने ७५ औं मिनेटमा डेलापको गोलसँगै टिमको जित सुनिश्चित भएको थियो ।

टिमका सिनियर खेलाडीहरु घाइते भएको र केही खेलाडीहरुलाई आरामको आवश्यकता भएको अवस्थामा सिटीले एड्रियन बर्नाबे, थोम डोयल, टेलर हार्वुड बेल्ली र डेलापजस्तो खेलाडीहरुलाई मौका दिएको थियो । एकेडेमीका उत्पादनहरुले गरेको प्रदर्शनबाट ग्वार्डिओला सन्तुष्ट छन् र आगामी सातामा उनीहरुलाई अझ धेरै उपयोग गर्ने सोचाइमा छन् ।

‘यो एउटा राम्रो म्याच थियो र हाम्रा सबै खेलाडीहरुलाई उच्चस्तरको प्रदर्शन गरे । टम्मी, टेलर, लियाम सबैले राम्रो खेल देखाए,’ म्याचपछि उनले भने ।

लियामको विषयमा उनले थपे, ‘१७ वर्षको उमेरका लियाम शारीरिकरुपमा अरुभन्दा फरक खालका छन् । उनी एउटा राम्रो फिनिसर हुन् भन्ने ट्रेनिङका क्रममा नै हामले देखेका छौं । हामी उसको प्रदर्शनबाट निकै खुशी भएका छौं । उनले एकदमै राम्रो खेले ।’

अहिलेको परिस्थितिमा एकेडेमीबाट धेरै खेलाडीहरु चाहिएको उनले बताए । साथै लियामलाई आगामी खेलहरुमा अधिकतम उपयोग गरिने पनि जानकारी दिए । यसैगरी, फिल, एरिक, पाल्मर जस्ता खेलाडीहरुमा पनि क्षमता भएको ग्वार्डिओलाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment