Comments Add Comment

डा.केसीको सत्याग्रहप्रति नेविसंघको ऐक्यवद्धता

डा.केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउन त्रिवि शिक्षण अस्पताल पुगेका नेविसंघ नेताहरु ।

७ असोज, काठमाडौं । डाक्टर गोविन्द केसीको सत्याग्रहप्रति नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ऐक्यवद्धता जनाएको छ ।

सत्याग्रहको १२औं दिन त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमै पुगेर नेविसंघका नेताहरुले डाक्टर केसीका मागप्रति ऐक्यवद्धता जनाएका हुन् ।

संघका अध्यक्ष राजीव ढुंगनाको नेतृत्वमा पदाधिकारीसहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार अनशनरत डाक्टर केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेको थियो ।

चिकित्सा शिक्षा सुधारसँगै मुलुकको सुधारका निम्ति डा.केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाएको महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

उनका सबै माग पूरा गर्दै जीवन रक्षाका लागि सरकार संवेदनशील बन्नु पर्ने नेविसंघले बताएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका विभिन्न माग राख्दै डा. केसी १९औं पटक सत्याग्र सुरु गरेका छन् । भदौ २९ गते जुम्लाबाट आमरण अनशन सुरु गरेका केसी ९औं दिनको दिन काठमाडौं आएका हुन् । अहिले उनी त्रिवि शिक्षण अस्पतालमै सत्याग्रहमा छन् ।

यसपटक डाक्टर केसीले यसअघिका सबै मागहरु पूरा गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल एमबीबीएस अध्ययन सुरु गर्नु पर्ने, दूर दराजमा मेडिकल शिक्षा विस्तार गर्नु पर्नेलगायतका माग राखेर आमरण अनशनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment