Comments Add Comment

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, १२०७ संक्रमित थपिए

१० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौं, बझाङ, ललितपुर, भक्तपुर, मकवानपुर, बर्दिया, कैलाली र सप्तरीका एकएक जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४६८ पुगेको छ ।

हालसम्म ७१ हजार ८२१ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ५३ हजार १३ जना संक्रमितमुक्त भएका छन् भने १८ हजार ३४१ सक्रिय संक्रमित छन् ।

  • असन, काठमाडौंका ७४ वर्षीय पुरुषको शनिबार वीर अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्याबाट पीडित उनलाई २६ गते अस्पताल भर्ना भएका थिए ।
  • बझाङ घर भई शिवपुरी, काठमाडौंमा कार्यरत २० वर्षीय सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पतालमा मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि ६ असोजमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको ८ गते पुष्टि भएको थियो ।
  • पाटन, ललितपुरका ७६ वर्षीय पुरुषको शुक्रबार नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको छ । फोक्सोबो क्यान्सरबाट पीडित उनी ५ असोजमा अस्पताल भर्ना भएका थिए भने उनलाई कोरोना संक्रमण भएको ७ असोजमा पुष्टि भएको थियो ।
  • चाँगुनारायण, भक्तपुरका ८८ वर्षीय पुरुषको शुक्रबार धुलिखेल अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप र श्वासप्रश्वासको समस्याबाट पीडित उनी ८ असोजमा अस्पताल भर्ना भएका थिए भने ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • हेडौंडा-९, मकवानपुरका ७४ वर्षीय पुरुषको शनिबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । उनी निमोनिया भएर ४ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • गुलरिया नगरपालिका-७, बर्दियाका ५०वर्षीय पुरुषको मृत्यु भएको छ । ७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या भएपछि भेरी अस्पताल, नेपालगञ्ज लैजाने क्रममा शनिबार बाटैमा मृत्यु भएको हो ।
  • चितवन मेडिकल कलेजमा शुक्रबार मृत्यु भएका गोदावरी नगरपालिका-१, कैलालीका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी श्वासप्रश्वासको समस्या लिएर ९ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • राजविराज-३, सप्तरीका ६३ वर्षीय पुरुषको शनिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या लिएर बिराट मेडिकल कलेज पुगेका उनी ८ असोजमा धरानमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment