Comments Add Comment

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

११ असोज, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद पुनगर्ठनको चर्चा चलिरहेको बेला बोलाइएको आकस्मिक बैठकलाई चासोपूर्वक लिइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने आजको बैठक पनि नियमितजस्तै भएको बताए । उनले भने, ‘कुनै विशेष एजेण्डा भए–नभएको मलाई जानकारी त छैन तर यो पनि नियमित बैठक जस्तै हो ।’

मन्त्रिपरिषद बैठक बस्नुअघि आजै विहान प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment