Comments Add Comment

विदेशबाट नेपाली फर्काउन उडान संख्या थप्न निर्देशन

१३ असोज, काठमाडौं । संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेश फर्कन चाहने सबै नेपालीलाई सुरक्षित तवरबाट नेपाल ल्याउन र त्यसका लागि नियमित उडान सङ्ख्या थप्न सरकारलाई निर्देशन दिएको छ।

त्यस्तै, समितिले गैर कानुनी बाटोबाट विदेशमा गएर अलपत्र परेका नेपाली श्रमिकलाई तत्काल उद्धार गर्न पनि निर्देश गरेको छ ।

त्यस्तै उनीहरुलाई घर फर्काउनुअघि उनीहरुलाई त्यहाँ पठाउने व्यक्ति, संस्थाको बारेमा सम्बन्धित राजदूतावासले विस्तृत विवरण लिई कानुन बमोजिम कारबाही गर्नपनि समितिले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment