Comments Add Comment

एक किशोरी जसले पहाड खनेर ल्याइन् गाउँमा पानी

काठमाडौं । ‘हाम्रो गाउँमा पानीको यति धेरै समस्या छ कि बालिकाहरु ५/६ वर्ष भएपछि उनीहरुलाई स-साना भाँडो बोकाएर पानी भर्न पठाइन्छ । म आफैंले पनि आठ वर्षको उमेरदेखि पानी बोक्न सुरु गरेकी हुँ ।’

यो भनाइ भारतको मध्य प्रदेशमा बस्ने १९ वर्षीया बबिताको हो । उनले आफ्नो गाउँ अगरौठामा सयौं महिलासँग मिलेर एक पहाड खनेर पानीका लागि १०७ मिटरको बाटो तयार पारेकी छिन् ।

छतरपुर जिल्लामा रहेको यो गाउँमा जल संकटको अवस्था यति गम्भीर छ कि गर्मीमा यहाँका दुई हजार मानिस जमिनमुनिबाट निकालिएको पानीको भरमा बस्नुपर्छ ।

बबिता भन्छिन्, हाम्रो गाउँमा पानीको यति धेरे समस्या छ कि कहिलेकाहीँ धारामा लामो समयसम्म पालो कुर्दा मात्र तपाइईंको पालो आउँछ । पर्याप्त पानी नहुँदा खेती पनि राम्रो सँग हुन पाउँदैन । जनावरहरुका लागि पनि पानी चाहिन्छ । साथै धारामा पानी भर्ने विषयमा पनि झगडा हुने र हात हालाहालको अवस्था पनि सृजना हुने गर्छ ।’

समस्या

यहाँको समस्या पानीको संकट हुनु मात्र होइन । यसले महिलाका लागि अन्य समस्या पनि निम्त्याउने गरेको छ । पानीको संकटका कारण भारतका अन्य गाउँम जस्तै अगरौठामा पनि महिलाले घरेलु हिंसाको सामना गर्दै आएका छन् । साथै बालिकाहरुलाई सानै उमेरमा विवाह गरिदिने र विद्यालय जानबाट रोक लगाउनेजस्ता काममा पनि पानीको संकट उक्त कारक बन्दै आएको छ ।

बबिता भन्छिन्, ‘यहाँ बिहान चार बजे पानी भर्नका लागि लाइनमा बस्न जानुपर्छ र त्यसपछि १२ बजेसम्म धारामा नै बस्नुपर्छ । त्यसपछि घर आएर खानपान गरेर साँझ एकपटक पुनः पानी ल्याउने प्रयासमा लाग्नुपर्ने हुन्छ । पानीकै कारण धेरैपटक महिलाहरु आफ्नी सासु र पतिको यातना सहँदै आएका छन् । किनकी पानी भर्न जाँदा अन्य महिलासँग उनीहरुको झगडा पर्छ र घरमा उनीहरुले धेरै किसिमको प्रश्नको जवाफ दिनुपर्ने हुन्छ ।’

त्यसपछि बबितासहितका गाउँका अन्य महिलाले पहाड खनेर पानी ल्याउने निर्णय गरे ।

कसरी गरे पहाड खन्ने फैसला

बबिता भन्छिन्, ‘यो सबै काम त्यति सजिलो थिएन । हामी पानी आयो भने सबै ठीक हुन्छ भन्ने सोच्थ्यौँ, तर जब जल जोडो अभियानका मानिसहरु हाम्रो घरमा आए र उनीहरुले यसरी पानी ल्याउन सकिन्छ भनेर सुझाए, त्यसपछि मात्र पानी ल्याउन सकिन्छ भन्ने लाग्यो । धेरथोर समस्या आए तर सबै मानिस एकसाथ काम गर्न तम्सिए र काम पूरा भयो ।’

यो गाउँको रुप फेर्न स्थानीय महिलाका साथै धेरै दिनको पैदल यात्राबाट गाउँ फर्केका प्रवासी कामदारको पनि महत्वपूर्ण योगदान छ । छतरपुर जिल्लाका कार्यपालक अधिकारी अजय सिंह भन्छन्, ‘कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनपछि अप्रिल र मे महिनामा महिलाहरुले पहाड खन्न सुरु गरे र आफ्नो गाउँसम्म पानी पुर्‍याए । यसका लागि उनीहरुलाई शुभकामना ।’

कति सहज थियो काम ?

अगरौठा गाउँको अधिकांश हिस्सा उच्च समस्थभूमिमा पर्छ । यहाँ करिब एक सय मिटरको गहिराइमा पानी पाइन्छ । तर, यहाँ कुवा खन्नुसम्म परेको मैदानमा कुवा खन्नुभन्दा गाह्रो हुन्छ ।

यहाँको पानीको संकटलाई मध्यनजर गर्दै सरकारले पानी उपलब्ध गर्न बजेट पनि छुट्याएको थियो । सरकारको योजना अन्तर्गत गाउँको ४० एकडको जमिनमा एउटा इनार बनाइएको थियो । यो इनार जंगलसँग जोडिएको थियो । तर, यो इनारमा पानी आउने कुनै बाटो भने थिएन । यो जंगलमा परेको पानीको ठूलो हिस्सा बछेडी नदीमा जान्छ । यस्तोमा जंगलको पानी कसरी इनारसम्म ल्याउने भन्ने समस्या बाँकी थियो ।

लामो समयको विचार विमर्शपछि जंगलमा परेको पानीमध्ये जति सकिन्छ,, त्यति इनारमा ल्याउने निर्णय उनीहरुले गरे । त्यसपछि सबै गाउँले एक भएर सकेको जति पानी इनारमा ल्याउने निर्णय गरे । त्यसपछि उनीहरुले पहाड खन्न थाले । बाटो बनाएपछि वर्षा हुँदा धेरथोर पानी इनारमा आयो र तत्कालका लागि अहिले गाउँमा पानीको संकट हटेको छ । यद्यपि यसले पानीको संकटको सामना गरिरहेका मानिसहरुलाई ठूलो राहत दिएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment