Comments Add Comment

कैलालीमा १५६ जनामा कोरोना संक्रमण, धनगढीका मात्रै ९० जना

१४ असोज, कैलाली । बुधबार एकै दिन कैलालीमा १५६ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १८४ जनामा संक्रमण पुष्टि भएकामा १५६ जना कैलालीका हुन् । कैलालीको पनि सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाको ९० जनामा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

त्यस्तै गोदावरी नगरपालिकाका १८ जना, भजनी नगरपालिकाका १६ जना, गौरिगंगाका १४ जना, घोडाघोडीका ९ जना, टीकापुर नगरपालिकाका ३ जना, र लम्कि चुहा का २ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

कैलालीका अन्य ४ जना संक्रमितको ठेगाना खुलेको छैन । सेती अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका २१ जना, अछामका १ जना, बैतडीका १ जना, बझाङका ३ जना, बर्दियाका १ जना र डडेल्धुराका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार ३८५ जनाको कोरोना परीक्षण गर्दा १८४ जनामा संक्रमण पुष्टि भएको हो । यो हाल सम्मकै सबै भन्दा ठूलो संख्या हो ।

धनगढीमा जोखिम

प्रदेशको राजधानी समेत रहेको धनगढीमा तीब्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । बुधबार थपिएको ९० जनासँग धनगढीमा मात्रै ८ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये २१२ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये अधिकांश स्थानीय रहेको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखामा जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए ।

बुधबार पुष्टि भएका ९० जनामध्ये ७ जना भारतबाट आएका र अन्य सबै स्थानीय भएएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment