Comments Add Comment

अक्टुबर १५ बाट भारतमा हल खुल्ने

कोरोना भाइरसका कारण लकडाउन भएपछि ६ महिना अगाडि भारतका सम्पूर्ण चलचित्र भवनहरु बन्द भए । चलचित्र भवनहरु बन्द भएपछि धेरै चलचित्रका निर्माताले डिजिटल प्लेटफर्मबाट चलचित्र रिलिज गरे ।

केही चलचित्र भने हल खुल्ने प्रतिक्षामा छन् । अब, भारतको केन्द्रिय सरकारले अनलक–५ गाइडलाइन बुधबार सार्वजनिक गरेको छ । जस अन्र्तगत अक्टुबर १५ तारिखबाट भारतमा हल खोल्नका लागि अनुमति दिइएको छ ।

प्रदर्शकले हलको क्षमताको ५० प्रतिशत दर्शक राखेर हल खोल्न पाउनेछन् । यसका लागि केन्द्रिय सरकारले एसओपी सार्वजनिक गर्ने बताएको छ ।

भारतमा दैनिक ९० हजार कोरोना संक्रमित देखिएपनि केन्द्रिय सरकारले ६ महिनापछि हल खोल्ने निर्णय गरेको हो । यसलाई भारतका प्रदर्शकहरुले स्वागत गरेका छन् । यस्तै, बलिउडका कलाकारहरुले पनि यो खबरले उत्साहित भएको उल्लेख गरेका छन् ।

भारतका केही राज्य सरकारले भने आजबाट नै हल खोल्ने अनुमति दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment