Comments Add Comment

अध्ययन भन्छ, ‘अत्याधिक खानाले गंभिर रोगको जोखिम’

स्वास्थ्य सम्बन्धी चेतनाविना नै खाना खानेसम्बन्धी बानीका कारण प्रायः मान्छेहरू बिरामी हुने गर्छन् । यसले केवल पेटको समस्यामात्रै निम्त्याउँदैन, ती अन्य धेरै गम्भीर रोगहरूको कारण पनि यही बेवास्ता गरिएको खाना हुन सक्छ ।

पछिल्लो एक अनुसन्धानले भने यो सामान्य मान्यता विपरीतको नतिजा देखाएको छ । जो मान्छे खराब तरिकाले खाना खाने खाने मात्रै होइन, धेरै खाना खानेहरूमा समेत हृदयघात लगायतको समस्या हुने सम्भावना धेरै हुन्छ ।

विभिन्न अनुसन्धानले वर्णन गरे अनुसार अस्वस्थ खानाले कसरी मुटुको असुरक्षा बढाउँछ । अधिक खाना खाने बानीले खाना खाएको दुई घण्टासम्म हृदयाघातको जोखिम बढाउँछ । त्यसो भए यस अनुसन्धानले के भन्छ भनेर विस्तारमा जानौं ।

अनुसन्धानले के भन्छ ?

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार अमेरिकामा प्रत्येक वर्ष ६ लाख १० हजार जना  मानिसहरू हृदयाघातबाट मर्ने गर्छन् । जब अन्वेषकहरूले यसको कारण जान्न चाहे त्यहाँ केही अनौंठो बानी पत्ता लाग्यो । यिनीहरूमध्ये एउटा मुख्य बानी भनेको अत्यधिक धेरै खाना खानु पनि रहेको छ । यस अनुसन्धानले देखाउँछ कि भारी खानाले नै हृदयघातको लागि ट्रिगरको काम गर्ने गर्छ । यो विशेषगरी बढी वजन वा मोटाइ भएका व्यक्तिहरूका लागि नोक्सानदायक हुन्छ ।

अधिक खानाले हृदयाघातको खतरा निम्त्याउँछ

अधिक खाना खाँदा शरीरमा कोलेस्ट्रोल र उच्च रक्तचापसँग सम्बन्धित समस्याहरू पनि हुन्छन् । जुन सबैभन्दा बढी हृदयको स्वास्थ्यसँग सम्बन्धित छ । वास्तवमा, कोलेस्ट्रोलको उच्चस्तरले तपाईंको धमनालाई अलग पार्छ र रक्तसञ्चारमा समस्या उत्पन्न गर्छ । यो रक्त परिसञ्चरण समस्या रक्तचापसँग जोडिएको छ र तिनीहरूसँगै हृदयाघातको सम्भावना पनि बढ्ने गरेको छ । साथसाथै धेरै अन्य कारणहरू पनि छन्, जसको कारण भारी खानाले हृदयघातको सम्भावना बढाउन सक्छ । वास्तवमा खाना खान र यसलाई पचाउनको लागि ऊर्जाको आवश्यकता पर्छ जसले अक्सिजनको आवश्यकतासँगै रक्तचाप बढाउँछ । यसले मुटुमा बढी रगत पम्प गर्छ ।

त्यस्तै, उच्च रक्तचापले धमनीका भित्तामा रक्त वाहिनीलाई अवरोध पु¥याउँछ । जसले हृदयाघात वा स्ट्रोकलाई निम्त्याउँछ । त्यस्तै, उच्च बोसोयुक्त आहारले एन्डोथेलियमको कार्यलाई नोक्सानी पु¥याउँछ, जुन धमनीहरूको भित्री तह हो । अन्वेषकहरूले पत्ता लगाएका छन् कि धेरै र भारी खानेकुरा खाएको दुई घण्टाभित्र हृदयाघातको खतरा झण्डै चार गुणा बढ्छ । यस्तो समस्या विशेष गरी पहिले नै हृदय रोगबाट पीडित व्यक्तिमा धेरै हुने गर्छ । जस्तै, कोरोनरी धमनी रोग वा पहिले हृदयघात भएको व्यक्तिमा यस्तो समस्या धेरै हुने गर्छ ।

नेपालीले नियमित खाने खानामा कार्बोहाइड्रेट, प्रोटिन र अन्य आवश्यक पोषक तत्वहरूको सन्तुलित अनुपात हुने गर्छ । तर पनि यस्तो खाना समेत धेरै खाँदा समस्या हुन सक्छ । क्रिम वा बटरको साथ भुटेको खानाको अधिक खपतले पनि सजिलै हृदय रोगहरू निम्त्याउन सक्छ । त्यसैले खाना सन्तुलित रुपमा खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment