+
+
Shares

सम्झना हत्याको विरोधमा प्रदर्शन

चन्द्र आले चन्द्र आले
२०७७ असोज १५ गते १९:१६

१५ असोज, काठमाडौं । बझाङको मष्टा गाउँपालिका–२ मा भएको १२ वर्षीया बालिका सम्झना विश्वकर्माको बलात्कारपछि हत्यामा संलग्न दोषीमाथि कडा सजायको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

जात व्यवस्था उन्मुलन मोर्चा नेपालले विश्वकर्मा प्रकरणसहित देशभर विभिन्न स्थानमा दलित समुदायमाथि भएको हत्याको विरोधमा माइतीघर मण्डलामा धर्ना साथै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीले ‘मलाई विभेद स्वीकार्य छैन’, ‘बाँच्न पाउने अधिकारी हनन् भो’, ‘आफू विभेद गर्दिन, अरुले गरेको विभेद सहन्न’ जस्ता प्ले कार्ड बोकेका थिए ।

विश्वकर्मा हत्या प्रकरणमा प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । उनले कसुर स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?