Comments Add Comment

लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनल क्वाटरफाइनलमा

१६ असोज, काठमाडौं । लिभरपुललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै आर्सनल इंग्लिस लिग कप (काराबायो) कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीबाट नतिजाको टुङ्गो लगाइएको हो ।

जहाँ आर्सनल ५-४ ले विजयी भयो । आर्सनलको जितमा नायक बनेका गोलकिपर बर्ण्ड लेनोले २ पेनाल्टी रोके । सुरुमा आर्सनलका मोहम्मद एल्ने पेनाल्टीमा चुक्दा आर्सनललाई धक्का लागेको थियो । तर पछि लेनोले डिभोग ओरिगी र ह्यारी विल्सनको पेनाल्टी रोक्दै आर्सनललाई जित दिलाए ।

आर्सनलका लागि जोसेफ विल्लकले विजयी पेनाल्टी प्रहार गरेका थिए । आर्सनलका लागि एलेक्जान्डर लाकाजेट सोएरेस मइटल्याण्ड नेइल्स पेपे र विल्लकले गोल गरे । लिभरपुलका लागि जेम्स मिलनर जर्जिनिओ विज्नाल्डम ताकुमी मिनामिनो र कर्टिस जोन्सले मात्र गोल गरे ।

यस्तै च्याम्पियन्सिपका स्टोक सिटि र ब्रेन्टफोर्ड पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्रेन्डफोर्डले प्रिमियर लिगको फलहमलाई ३-० ले स्टोकले पनि प्रिमियर लिगकै एस्टन भिल्लालाई १-० ले पराजित गरेको हो ।

अब क्वाटरफाइनलमा आर्सनलले म्यानचेष्टर सिटिसंग खेल्नेछ । यस्तै म्यानचेष्टर युनाइटेडले एभरटनसँग खेल्दा टोटनहमले स्टोक र न्यूकासलले ब्रेन्टफोर्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment