+
+
Shares

गौरिगंगाका मेयरलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १७ गते १३:३२

१७ असोज, कैलाली । कैलाली गौरिगंगाका नगरप्रमुख भीमबहादुर देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार उनीमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख दीर्घराज जोशीले जानकारी दिए ।

केही समयअघि नगरपालिकाका एक कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्र्याक ट्रेसिङमा परेका मेयर देउवासहित अन्य १३ कर्मचारीमा समेत कोरोना पुष्टि भएको जोशीले बताए ।

‘मेयरसहित १३ कर्मचारीमा अहिले पनि कुनै लक्षण छैन,’ उनले भने ‘उहाँहरू सबै अहिले होम आइसोलेसनमा हुनुहुन्छ ।’

७ थुनुवासहित ११ प्रहरीमा कोरोना

यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीमा ७ थुनुवासहित ११ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार विभिन्न मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका ७ थुनुवामा कोरोना पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले उनीहरूलाई अहिले छुट्टै राखिएको बताए । थुनुवा कक्षमा करिब ८० जना छन् ।

प्रवक्ता विष्टले ११ जना प्रहरीमा पनि संक्रमण देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?