Comments Add Comment

साइबर अपराध सम्बन्धी मुद्दामा पूर्वडीएसपी दोषी ठहर

१८ असोज, काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण खड्का साइबर अपराध सम्बन्धी कसूरमा दोषी ठहरिएका छन् ।

खड्काले आफ्नो फेसबुक आईडीबाट बुहारीलाई अश्लील गालीगलौज गरेको अभियोगमा जिल्ला अदालत, काठमाडौंले उनलाई दोषी ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

तत्कालीन महानगरीय अपराध महाशाखामा खड्काविरुद्ध भाइबुहारी समुना खड्काले किटानी जाहेरी दिएपछि दुई वर्षअघि उनी पक्राउ परेका थिए । त्यसबेला उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।

हालै अदालतले गरेको फैसलामा भनिएको छ, ‘मुद्दाका प्रतिवादी कृष्णकुमार क्षेत्रीले विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ (१) विपरित कसुर गरेको कसुर ठहर भएको अवस्था छ । सोही ऐनको दफा ४७ (१) बमोजिम रु ५०,००० (पचास हजार) जरिवाना हुने ठहर्छ ।’

बुहारी सुमिनाले आफ्नै जेठाजु खड्काबाट आपत्तिजनक शब्द प्रयोग गरेको प्रमाणसहित उजुरी दिएकी थिइन् ।

वैवाहिक जीवनको २५ वर्षपछि नेपालगन्जबाट बुहारी सुमिनालाई बोक्सीको आरोप लगाएर घरबाट कुटपिट गरी निकालेको समेत आरोप छ । त्यसयता बुहारी बानेश्वरमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment