+
+
Shares

चीनको आन्तरिक पर्यटनमा उल्लेख्य सुधार

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १८ गते १४:०५

१८ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामरीको कारण विश्वको पर्यटन क्षेत्र नै समस्यामा परेको अवस्थामा चीनमा भने आन्तरिक पर्यटन पुनः महामारीभन्दा पहिलाकै अवस्थामा फर्किन थालेको छ ।

चीनको संंस्कृति तथा पर्यटन मन्त्रालयले दिएको जानकारी अनुसार गत बिहीबार राष्ट्रिय दिवसमा ९ करोड ७० लाख आन्तरिक पर्यटकले चीनको विभिन्न स्थानको भ्रमण गरेका थिए । यो संख्या गत वर्षको सोही दिनको तुलनामा ७३ दशमलव ८ प्रतिशत हो । समग्र आम्दानी भने यस वर्ष ११ अर्ब २९ करोड डलर भएको छ । जुन, अघिल्लो वर्षको तुलनामा ६८ दशमलव ९ प्रतिशत हो ।

गत बिहीबारबाट चीनमा आठ दिने नेशनल डे र मिड अटुम होलिडे सुरु भएको हो । यो चीनमा सबैभन्दा बढी आन्तरिक पर्यटकको चहलपहल हुने समय हो । पछिल्लो समय पर्यटन क्षेत्रमा देखिएको उल्लेख्य सुधारले आगामी दिनमा चीनको खपतमा पनि सुधार आउने विश्लेषकहरुले बताएका छन् । समग्र बिदाको समयमा भने चीनमा पर्यटकहरुको संख्या अघिल्लो वर्षका सोही अवधिको तुलनामा ७० देखि ८० प्रतिशतको बीचमा रहने उनीहरुको भनाइ छ । यद्यपि कोरोना संक्रमण नियन्त्रणका लागि केही स्थानहरुमा मास्क लगाउन आग्रह गरिएको छ ।

स्रोत : ग्लोबल टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?