
१९ असोज, वीरगञ्ज । पर्सा प्रहरीले लागूऔषध मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका–४ बस्ने २२ वर्षीय अनिरुद्ध यादव पक्राउ परेका हुन् ।
लागूऔषध मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ पुस २ गते उनीविरुद्ध २ वर्ष कैद र २५ हजार जरीवानाको फैसला गरेको थियो ।
गाउँमै लुकीछिपी बसेको जानकारी पाएपछि गएको प्रहरी टोलीले असोज १८ गते पक्राउ गरेको थियो । उनलाई सोमबार अदालतमा पेश गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4