Comments Add Comment

मेसीले आफ्नो जेटमा साथीहरुलाई ‘लिफ्ट’ दिने

२० असोज, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले आफ्नो विलासी प्राइभेट जेट अर्जेन्टिनाका टिममेटहरुका लागि उपलब्ध गराउने भएका छन् ।

कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि भन्दै मेसीले आफ्नो प्राइभेट जेट अर्जेन्टिनाका टिममेटहरुका लागि उपलब्ध गराउन लागेका हुन् । अर्जेन्टिनाले आगामी खेलहरुका निम्ति खेलाडीहरुलाई यूरोपबाट आफ्नो देशमा यात्रा गर्न मेसीको जेट प्रयोग गर्न सक्नेछन् ।

सञ्चारमाध्यमका अनुसार मेसीले मार्कोस अकुना, लुकास ओकाम्पोस, पाउलो डिबाला, निकोलस ओटामेन्डी र जुआन फोयथसँग आफ्नो बिमान सेयर गरेका हुन् । उनीहरु सबैलाई लियोनल स्कालोनीले अर्जेन्टिनाका लागि इक्वेडर र बोलिभियाविरुद्ध २०२२ को विश्वकप क्वालिफायर खेल्न बोलाएका छन् ।

मेसीले सन् २०१८ मा १ करोड ५० लाख डलर खर्चेर गुलफ्स्ट्रिम भी प्राइभेट जेट किनेका थिए । यो जेट २९ मिटर लामो, २८ मिटर चौडा र आठ मिटर अग्लो छ । यसको निर्माण अमेरिकामा सन् २००२ मा भएको थियो । मेसीले प्रायः पारिवारसँग बिदा मनाउन यो जेट प्रयोग गर्छन् । साथै, मेसीका पिता जर्जले पनि आफ्नो व्यवसायिक भ्रमणहरुका क्रममा छोराको जेट चढ्ने गरेका छन् ।

मेसीको जेटमा १६ वटा सिटहरु छन्, जसलाई आठ वटा ओछ्यानमा परिणत गर्न सकिन्छ । यसमा दुई शौचालय रहेका छन्, जसमध्ये एउटामा सावरको सुविधासमेत छ । जेटिभित्रै दुईवटा भान्सा छन् ।

जेटको पुच्छरमा मेसीले नम्बर १० लेखेका छन्, जुन उनको जर्सीको नम्बर हो । यसैगरी, उनले भर्‍याङमा पत्नी एन्टोनेला र तीन छोरा थियगो, माटेओ र किरोको नाम लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment