+

अफगानी क्रिकेटर टाराकाईको सडक दुर्घटनामा परी मृत्यु

२०७७ असोज  २० गते १७:१२ २०७७ असोज २० गते १७:१२
अफगानी क्रिकेटर टाराकाईको सडक दुर्घटनामा परी मृत्यु

२० असोज, काठमाडौं । अफगानिस्तानका शिर्ष क्रमका ब्याट्सम्यान नाजीब टाराकाईको सडक दुर्घटनामा मृत्यु भएको छ ।

गत साता पूर्वी नांगरहारमा सडक पार गर्ने क्रममा एक कारले टाराकाईलाई ठक्कर दिएको थियो । त्यसपछि गम्भीर घाइते भएका उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

अफगानिस्तान क्रिकेट बोर्डले मंगलबार उनको मृत्यु भएको पुष्टि गरेको हो । सामाजिक सञ्जाल ट्वीटरमार्फत अफगानिस्तान क्रिकेट बोर्डले उनको मृत्युको पुष्टि गरेको हो । टाराकाईले अफगानिस्तानको लागि एक टी–ट्वान्टी र १२ एकदिवसीय क्रिकेटमा सहभागिता जनाएका थिए । उनी टोलीका ओपनिङ ब्याट्सम्यानको रुपमा खेल्थे ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय