+
+
Shares

‘सोचेभन्दा खतरनाक रहेछ कोरोना’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते ११:०२

२१ असोज, काठमाडौं । कोरोना संक्रमित नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव अञ्जन शाक्य उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा आइसोलेसन बसेका महासचिव श्रेष्ठ १२ औं दिन पछि मंगलबार साँझ डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज पछि कोरोना भाइरसलाई धेरै हलुका ढंगबाट बुझ्न नहुने उनले बताएका छन् । आफूलाई एक हप्तासम्म निकै गाह्रो महसुस भएको भन्दै उनले कोरोना भाइरस केही पनि होइन भन्ने हिसाबले बुझ्न नहुने बताए ।

यद्यपि, अस्पतालमा सवास्थ्यकर्मीहरुको हेरचाह र मायाका कारण आफू चाडै कोरोनालाई जित्न सफल भएको उनले बताए । ‘मलाई निकै गाह्रो भएको थियो, मैले सोचेको पनि थिइन कि कोरोनाले यति धेरै गाह्रो बनाउँछ,’ महासचिव शाक्यले भने, ‘अस्पतालमा डा. बीएन कोइराला, डा. अमित श्रेष्ठ, सञ्चालक आनन्द श्रेष्ठ तथा अन्य स्वास्थ्कर्मीहरुले निकै राम्रो सहयोग गर्नुभयो जसका कारण मलाई कोरोना जित्न सहज भयो ।’

उनलाई शुरुमा ज्वरो तथा रुघाखोकी लागेको थियो । पखाला पनि लागेपछि आफू निकै आत्तिएको उनले सुनाए । संक्रमित हुनुअघि आफूलाई पनि कोरोना केही होइन भन्ने लागेको तर बिरामी भएपछि भने खेलाँची ठान्न नहुने महसुस भएको उनले बताए ।

‘कोरोना लागेर केही हुँदैन, सजिलै जितिहालिन्छ भन्ने सोचेको थिएँ, तर त्यो गलत रहेछ मलाई निकै गाह्रो भयो,’ उनले भने, ‘सबैलाई सावधानी अपानाउनु म अनुरोध गर्न चाहान्छु, कोरोनालाई त्यति कमजोर सोच्न नहुने रहेछ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?