 
																			२१ असोज, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले चाबहिलमा बनेको आकाशे पुलको उद्घाटन गरेका छन् ।
फलामबाट बनेको चावहिलको पुल ८२ लाख ६६ हजार ७८३ रुपैयाँ लागतमा बनेको हो । बोलपत्रबाट छनौट भएको कान्छामान निर्माण सेवाले यसको निर्माण गरेको हो । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो ।
आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ । योसँगै वडा ८ को जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको छ ।
महानगरका मेयर शाक्यकाअनुसार मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले पनि यस्तै पुल निर्माण गराउन माग गरेका छन् । ‘माइतीघर मण्डला क्षेत्रको पुल तयार भइसकेको छ । यो बर्ष हामी अन्य बिभिन्न ठाउँमा निर्माण गर्दैछौं,’ शाक्यले भने, यसैको समानान्तर हुने गरी अर्को पाटोमा पनि यस्तै प्रकारको पुल बनाउन आवश्यक छ । प्रक्रिया यसका लागि प्रक्रिया अगाडि बढाइनेछ ।’
 आकाशे पुलको उद्घाटनपछि मेयर शाक्यले वडा ६ को भवन निर्माण स्थल, त्यही वडाको निर्माणाधीन बागमती नगर पार्क र शान्ति नमूना पार्क, वडा ७ को मचागाः पार्कको अवलोकन गरे ।
आकाशे पुलको उद्घाटनपछि मेयर शाक्यले वडा ६ को भवन निर्माण स्थल, त्यही वडाको निर्माणाधीन बागमती नगर पार्क र शान्ति नमूना पार्क, वडा ७ को मचागाः पार्कको अवलोकन गरे ।
त्यस्तै बागमतीनगर र शान्ति नमूना पार्क निर्माण स्थलको अवलोकन गरेपछि उनले भने,’खुल्ला ठाउँलाई अहिले पनि जोगाउन सकिएन भने भोलि सहरले झन ठूलो संकट व्यहोर्नुपर्ने हुन सक्छ ।’
सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने अभियान थालेको भन्दै शाक्यले सहरको अर्को ठूलो समस्या भनेको ट्राफिक व्यवस्थापन, पैदल यात्रु सुरक्षा र पार्किङ् व्यवस्थापन भएको बताए ।
‘यदि कसैले जग्गा उपलब्ध गराउँछ भने पार्किङ भवन हामी बनाइदिन्छौं । म तपाईमार्फत सबैमा आव्हान गर्न चाहन्छु । जग्गा भए वडामार्फत महानगरमा प्रस्ताव लिएर आउनोस्,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4