+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दसैंमा पर्साका शक्ति पीठहरुमा बलि निषेध

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २२ गते १९:०५
बिन्दाबासिनी मन्दिर

२२ असोज, वीरगञ्ज । नजिकिँदै गरेको दसैं–तिहार लगायत चाडपर्वमा भिडभाड हुन नदिन पर्साका विभिन्न शक्ति पीठहरुमा बलि निषेध गरिएको छ । जिल्ला सुरक्षा समितिको बिहिबार बसेको बैठकले चाडपर्वमा कोभिड– १९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।

विशेषगरी दसैंमा पर्सामा रहेका विभिन्न शक्ति पीठहरुमा दर्शनाथीहरुको भिड लाग्ने गर्दछ भने वीरगञ्जको घण्टाघरदेखि माईस्थानसम्मको मुख्य सडकमै दसैं र तिहार दुवै पर्वमा मेला लाग्ने गरेको छ । विभिन्न ठाउँमा स्थानीय दुर्गा पूजा समितिले पण्डाल लगाई मुर्ति स्थापना गरेर पूजा अर्चना र भजन किर्तन गर्नुको साथै मेला समेत लगाउने गरेका छन् । यस्ता स्थानहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । त्यस्तै चाडपर्व लक्षित विभिन्न खेल प्रतियोगिता समेत आयोजना हुने गरेको छ ।

बैठकले धार्मिक आस्थामा आँच नआउने गरी शक्ति पीठहरुमा नित्य पूजा अर्चना मात्रै गर्ने, गहवामाई, विन्दबासिनी, विर्तामाई, नगवा लगायत जिल्लाका कुनैपनि मन्दिर वा शक्ति पीठहरुमा बलि निषेध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । त्यस्तै मन्दिरको वरपर बजार लगाउन समेत नपाइने निर्णय बैठकले गरेको छ ।

त्यस्तै सार्वजनिक स्थान, खुला चौर, चोक बाटोमा बनाइने दुर्गा झाँकी वा पण्डाल बनाउन नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।

‘प्रत्येक व्यक्तिलाई आ–आफ्नो घर, निवासमा पूजा गरेर सहयोग गर्न भनेका छौं,’ उनले भने, ‘सार्वजनिक स्थान र मन्दिरमा आएर भिडभाड गर्न पाईदैन, यसपाली मेला जात्रा, महोत्सव, कन्सर्ट जस्ता भिडभाड हुने कार्यक्रम र खेल प्रतियोगिताहरु पनि गर्न दिँदैनौं ।’

जिल्ला सुरक्षा समितिले वीरगञ्ज बजारको मुख्य क्षेत्रमा फुलपातीको दिनदेखि नवमीको दिनसम्म सवारी सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन सकिने, सांकेतिक रुपमा मात्रै फूलपाती भित्र्याउने निर्णय जिल्ला सुरक्षा समितिले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?