+
+

धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २२ गते १९:५६

२२ असोज, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार झापाको दमक – १ का ५२ वर्षीय पुरुषको बिहीबार बिहान ३:२० बजे र सुनसरीको धरान-८ का ४६ वर्षीय पुरुषको बुधबार २:४५ बजे मृत्यु भएको हो ।

असोज १८ गते प्रतिष्ठानमा भर्ना भएका दमक – १ का ५२ वर्षीय पुरुषमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

धरानका ४६ वर्षीय पुरुषमा भने मंगलबार संक्रमण पुष्टि भएको थियो । उनी हाइपरटेन्सनका बिरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?