+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रहरीको पोशाक फिल्म, टेलिफिल्ममा अनुमतिविना प्रयोग नगर्न अपिल

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २३ गते ११:५२

प्रहरी प्रधान कार्यलयले चलचित्र, टेलिचलचित्र, छोटा चलचित्र, सांगीतिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरुमा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकहरुको दुरुपयोग भएको भन्दै अनुमतिविना प्रयोग नगर्न आग्रह गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रधान कार्यलय नक्सालस्थित जनसम्पर्क तथा प्रचार–प्रसार इकाइमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्विकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराउन चाहन्छौ । प्रहरी प्रधान कार्यलय जनसम्पर्क तथा प्रचार–प्रसार इकाइको स्विकृती नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दज्र्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन समेत जानकारी गराइन्छ ।’

यस्तै, प्रहरीले विना अनुमति यस्ता कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारवाही हुने चेतावनी दिएको छ । प्रहरीको यो विज्ञप्तीलाई चलचित्रकर्मीले पनि विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?