
२५ असोज, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-३ स्थित संरक्षित वनको गौशला क्षेत्रबाट प्रहरीले दुई वटा मोटरसाइकलसहित बिष्फोटक पदार्थ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले शनिबार राति लु. ३६ प ४८५६ र लु. १६ प १९१७ नम्बरको मोटरसाइकलसहित बिष्फोटक पदार्थ बरामद भएको हो ।
प्रहरीको टोलीलाई देखेपछि घटना स्थलबाट मोटरसाइकल छोडेर मानिहरु फरार रहेको गुल्मी प्रहरीले जनाएको छ । मोटरसाइकलको लेगार्डमा रहेका २ वटा झोलाभित्र बिष्फोट पदार्थ, बिभिन्न इलेक्ट्रोनिक्स सामान र पन्छी प्रजातिको भुत्ला समेत बरामद भएको डीएसपी पन्तले बताए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले बरामद भएका सामग्रीबारे आइतबार सार्वजनिक गर्दै मोटरसाइकल धनीको खोजी कार्य भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4