Comments Add Comment

जब देखिन्छ शरीरमा बुढ्यौलीका संकेत

उमेरको निश्चित चरणपछि बुढ्यौलीले छोप्दै जान्छ । शरीरका अंगहरु शिथिल हुन्छन् । जोस र उर्जामा कमी आउँछ ।

‘मलाई जैविक रुपमा यस्तो कुनै कुराको बारेमा थाहा छैन जुन ढल्दै गएको उमेरसँगै राम्रो भएको होस’ स्पेनका नेशनल सेन्टर फर अन्कोलोजिकल इन्भेस्टिगेसनका डाक्टर म्यानुअल सेरानोको यो वाक्य मानिसलाई धेरै निराश बनाउने खालको छ ।

साइन्स अफ एजिङ नामक किताब लेख्ने मानिसहरु मध्ये उनी पनि एक हुन् । यो किताबमा शोधकर्ताहरुले शरीर भित्र हुने त्यस्ता मुख्य प्रक्रियाहरुको उल्लेख गरेका छन् जुन उमेर बढ्दै जाने क्रममा देखापर्छ ।

सेरानोले बताए अनुसार यो त्यस्तो प्रक्रिया हो जुन निश्चित रुपले हुन्छ । यो हरेक मानिसमा कम वा धेरै देखिन सक्छ र यसको सबै श्रेय हाम्रो जीवनशैली र वंशाणुगत गुणलाई जान्छ । तर, खासमा यो आफ्नै तरिकाले भइरहन्छ ।

स्तनधारी जीवमा बढ्दो उमेरसँगै यस्ता नौ लक्षण देखापर्छन् । यी लक्षणले मानिसहरुलाई उनीहरु बुढा हुन थालेको पनि महसुस गराउँछन् छन् ।

डिएनएको क्षति

हाम्रो डिएनए एक किसिमको जेनेटिक कोड हो जुन कोषको बीच सञ्चारित हुन्छ । उमेर बढ्दै जाँदा यो जेनेटिक कोडको संरचनामा गडबड हुन सुरु हुन्छ । विस्तारै विस्तारै यो कोषमा जम्मा हुन सुरु हुन्छ ।

यो प्रक्रियालाई आनुवांशिक अस्थिरताको रुपमा मानिन्छ र यो विशेष रुपले त्यतिखेर प्रासंगिक हुन्छ जब डिएनएले स्टेम कोषहरुलाई प्रभावित गर्छ ।

वंशाणुगत अस्थिरताले स्टेम कोषहरुको भूमिकालाई खतरामा पार्न सक्छ । यदि अस्थिरता बढेमा यो एक क्यान्सरमा पनि परिवर्तन हुन सक्छ ।

क्रोमोजोम्स कमजोर हुने

हरेक डिएनए शुत्रको अन्तिम छेउमा क्याप जस्तो संरचना हुन्छ जसले हाम्रो क्रोमोजोमलाई सुरक्षित राख्छ । यसको बिल्कुल त्यस्तै संरचना हुन्छ जसरी हाम्रो जुत्ताको फिताको अन्तिम भागमा एक प्लाष्टिकको क्याप लगाइएको हुन्छ ।

यसलाई टेलोमर्स भनिन्छ । हाम्रो उमेर जति जति बढ्दै जान्छ यो क्यापरुपी संरचना हट्न थाल्छ र क्रोमोजोमको सुरक्षा कम हुँदै जान्छ । यसै कारणले समस्या पैदा हुन सक्छ ।

शोधकर्ताहरुका अनुसार टेलोमर्सको संरचनामा जब गडबडी आउँछ त्यतिखेर कैयौं रोगहरु हुने खतरा बढ्छ । यसको कारणले फोक्सोसँग जोडिएका समस्याहरु र एनिमियाको खतरा बढ्छ । यी दुवै रोग शरीरको प्रतिरक्षासँग जोडिएका गम्भिर समस्या हुन् ।

कोषहरुको व्यवहार प्रभावित हुन्छ

हाम्रो शरीरमा एक विशेष प्रकारको प्रक्रिया हुन्छ जसलाई डिएनए एक्सप्रेसन भनिन्छ । जसमा कुनै एक कोषमा रहेको हजारौं जिन्सले त्यो कोषलाई के गर्ने हो भनेर तय गर्छन् ।

त्यो कोषलाई छालावाल कोषको रुपमा काम गर्नु पर्ने हुन सक्छ वा मस्तिस्कको कोषको रुपमा । तर, समय र जीवनशैलीले यी निर्देशनलाई बदल्न सक्छ । यस्तोमा कोषहरुले पनि आफूलाई तय गरिएको व्यवहारभन्दा फरक किसिकले व्यवहार गर्न सक्छन् ।

कोषहरुको नविनीकरण क्षमता सकिन्छ

हाम्रो कोषहरुमा क्षतिग्रस्त घटकको संचयलाई रोक्नको लागि शरीरमा नविनीकरणको क्षमता हुन्छ तर, बढ्दो उमेरसँगै यो क्षमता विस्तारै विस्तारै कम हुँदै जान्छ ।

यस्तोमा कोषहरुमा बेकार वा विषालु प्रोटिन जम्मा हुन्छ, जुन कैयौंपटक अल्जाइमरको कारण बन्छ । कैयौं पटक यसको कारणले पार्किन्सन्स र मोतिबिन्दुको खतरा पनि बढ्छ ।

कोषहरुले मेटाबोलिज्म नियन्त्रण गुमाउँछन्

बढ्दो उमेरसँगै कोषहरुले चिल्लो र चिनीको तत्वलाई सोस्ने क्षमता गुमाउँछन् । यसैको कारण धेरै मानिसलाई उमेर बढ्दै जाँदा मधुमेहको समस्या हुन्छ ।

बढ्दो उमेरमा जो मानिसलाई मधुमेहको देखिन्छ उनीहरुमा विशेष रुपले यो कारणको असर हुन्छ । उमेर बढ्दै जाँदा शरीरले ती सबै पोषक तत्वलाई ग्रहण गर्न सक्दैन जुन उनीहरुले खान्छन् ।

माइटोकन्ड्रियाले काम गर्न बन्द गर्छ

माइटोकन्ड्रियाले शरीरलाई उर्जा प्रदान गर्ने काम गर्छ तर, बढ्दो उमेरमा यसले आफ्नो क्षमता गुमाउन थाल्छ । यो कमजोर हुँदै जाँदा डिएनएमा पनि नकरात्मक असर पर्छ ।

गत जुनमा विज्ञान पत्रिका ‘नेचर’मा प्रकाशित भएको एक अध्ययनमा दावी गरिए अनुसार वैज्ञानिकले माइटोकन्ड्रियालाई रिस्टोर गरेर मुसामा चाँयालाई टाढा गरिदिएका छन् ।

कोषहरुले जोम्बीको रुपमा काम गर्छ

जब कुनै कोष धेरै चोटिल हुन्छ त्यतिखेर उ विघटित हुँदा बन्द त हुन्छ तर मर्दैन । यसलाई जम्बी सेल पनि भनिन्छ जसले आफ्नो वरिपरिको कोषहरुलाई पनि संक्रमति गर्न थाल्छ र यसै कारण पुरै शरीर सुन्निन थाल्छ । यस्ता कोषहरु उमेर र समयसँगै बढ्दै जान थाल्छन् ।

स्टेम सेलले आफ्नो क्षमता गुमाउँछ

उमेर बढ्दैजाँदा कोषहरुको पुनरुत्पादक क्षमतामा कमी आँउछ । स्टेम कोषहरु थाक्न लाग्छन् । हालै गरिएका अध्ययनहरुबाट स्टेम कोषहरुको कायाकल्पले बढ्दो उमेरको शारीरिक लक्षणहरुलाई अगाडि आउनबाट रोक्न सक्ने तथ्य पत्ता लागेको छ ।

कोषहरु एकअर्कासँग सम्पर्क बन्द हुन्छ

कोषहरु सँधै एक अर्कासँग सम्पर्कमा रहन्छन् तर, जति जति उमेर बढ्दै जान्छ उनीहरुको यो आपसी सम्पर्क घट्न थाल्छ । उनीहरु बीच सम्पर्क नहुनाको कारण शरीर सुन्निन थाल्छ ।

यसको नतिजास्वरुप यो रोगजनक र घातका कोषहरुप्रति सक्रिय हुँदै । सेरानोका अनुसार हुन त यो एक यस्तो प्रक्रिया हो जसलाई रोक्न सकिँदैन तर एक स्वस्थ जीवनशैलीले यसको प्रभावलाई जरुर क मगर्न सक्छ ।,

आजको समयमा वृद्धहरु धेरै स्वस्थ र धनी छन् । जो सबैभन्दा राम्रो चीज हामी गर्न सक्छौं त्यो हो आफ्नो जिन्दगीलाई खुलेर जिउने ।

विभिन्न स्रोतबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment