
२५ असोज, काठमाडौं । अर्मेनिया र अजरबैजानबीच विवादित भूमिको विषयलाई लिएर जारी युद्ध रोक्नका लागि रुसको सहयोगमा भएको युद्धविरामपछि पनि युद्ध भने रोकिएको छैन ।
अर्मेनिया र अजरबैजान दुवैले एकअर्कालाई युद्धविरामको सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । दुई मुलुकको बीचमा भएको युद्धविरामको सम्झौता लागू भएको केही समयमा नै दुवैले एकअर्कालाई यो सम्झौता तोडेको आरोप लगाएका हुन् ।
अर्मेनियाले युद्धविराम सम्झौता लागू भएको पाँच मिनेटमा नै अजरबैजानले विवादित भूमि नागोर्नो-काराबखमा अर्मेनियाको सेनामाथि आक्रमण गरेको आरोप लगाएको छ ।
त्यस्तै अजरबैजानले पनि अर्मेनियाको सेनाले गत राति गान्जा सहरमा आक्रमण गरेको र उक्त आक्रमणमा परी सात जनाको मृत्यु भएको बताएको छ । अर्मेनिया र अजरबैजानबीच विवादित भूमिको विषयलाई लिएर जारी युद्धमा परी अहिलेसम्म तीन सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।
आधिकारिकरुपमा विवादित नागोर्नो-काराबख अजरबैजानको भूमि हो । तर, यहँँका बासिन्दाहरु भने आध्यािित्मक अर्मेनियनहरु धेरै छन् । उनीहरु अजरबैजानको नियम मान्दैनन् । त्यसुका लागि उनीहरुले अर्मेनियाको सहयोगमा आफूलाई स्वतन्त्र मुलुकको दाबी गर्दै आएका छन् । तर, दुवै मुलुकले यो क्षेत्रलाई स्वतन्त्र मुलुक नभई आफ्नो भूमि भएको दाबी गर्दै आएका छन् ।
स्रोत :अलजाजिरा
प्रतिक्रिया 4