+
+

एसपी जबरालाई उपचारका लागि काठमाडौँ लगियो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २५ गते १६:३४

२५ असोज, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरालाई थप उपचारका लागि आइतबार काठमाडौँ लगिएको छ ।

२० असोजमा एसपी जबरालाई कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिन सेल्फ आइसोलेसनमा बसेका जबरालाई कोरोनाको लक्षण देखिन थालेपछि काठमाडौँ लगिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

‘बेला बेलामा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिन थालेपछि एम्बुलेन्समा मार्फत आज काठमाडौँ पठाइएको हो,’ उनले अनलाइन खबरलाई जानकारी दिए ।

जबराको काठमाडौँस्थित प्रहरी अस्पताल उपचार हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?