Comments Add Comment

जिप कम्पास लाइनअपमा नेपाल आयो ‘कम्पास डिजेल अटोमेटिक’

२५ असोज , काठमाडौं । नेपालका लागि अमेरिकी ‘आइकनिक ब्रान्ड’ जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो लोकपि्रय टि्रम लिमिटेड प्लसमा९-स्पिड डिजेल अटोमेटिक ट्रान्समिसन भएको नयाँ कम्पास भेरियन्ट सार्वजनिक गरेको छ ।

अल ह्विल ड्राइभ भएको नयाँ कम्पासमा बीएस६ कम्प्लायन्ट २.० लिटरको ४ बाई ४ डिजेल अटोमेटिक इन्जिन छ जसले अधिकतम १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ ।

नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिक ‘एजायल, क्विक र पावरफुल एसयुभी’ हो जसले विकट भौगोलिक बनोट भएको अफरोडमा मात्र होइन घना बस्ती भएको सहरी क्षेत्रका सडकमा हुने भीडभाड, खाल्डाखुल्डी, अव्यवस्थित निर्माण कार्य, बोटलनेकहरु र त्यसले उत्पन्न गर्ने ट्राफिक जाममा पनि आरामदायी ‘ड्राइभिङ एक्सपिरियन्स’ दिलाउँछ । त्यसैले, नयाँ कम्पास डिजेल अटोमेटिकलाई ‘द अर्बान अफरोडर’ भनी पोजिसनिङ गरिएको छ । यो ‘९-स्पिड डिजेल अटोमेटिक’ र ‘४ बाई ४ क्यापाबिलिटी’ दुवै भएको क्लासकै पहिलो एसयुभी हो ।

नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिकमा क्र्युज कन्ट्रोल, ड्युअल पेन पानोरामिक सनरुफ, प्लस लेदर इन्टेरियर, भ्वाइस कन्ट्रोलसहितको ८.४ इन्च यु कनेक्ट इन्फोटेनमेन्ट सिस्टम, ८ वे पावर्ड ड्राइभर सिट, अटो हेडल्याप्म, रेन सेन्सिङ वाइपर, अटोडिमिङ आईआरभीएम, १८ इन्चको एलोई ह्विल र ६ वटा एअर ब्याग रहेका छन् ।

साथै यसमा प्यासिभ इन्टि्र, पुश-बटन स्टार्ट, डुअल जोन एअर कन्डिसनिङ, टु-टोन इन्टेरियर पनि रहेको छ । यसको सेलेक टेरेनमा अटो, स्यान्ड, मड र स्नोसहित अलह्विल ड्राइभ सिस्टम पनि रहेको छ । कम्पासको यो टप-एन्ड मोडलको मूल्य एक करोड १८ लाख ९० हजार तोकिएको छ ।

‘जिप कम्पसको रेन्जलाई अझ बलियो र व्यापक बनाउन हामीले डिजेल अटोमेटिक भेरियन्ट ल्याएका हौं । हामी हाम्रा ग्राहकलाई प्रडक्ट मात्र दिँदैनौं, उहाँहरुलाई नयाँ जीवनशैली पनि दिन्छौं । नयाँ कम्पासमा अहिले ग्राहकले खोज्नुहुने सबै इलेक्टि्रोनिक फिचरहरु लोडेड त छन् नै जिपले विगत आठ दशकदेखि उपलब्ध गराउँदै आउको अतुलनीय इन्जिनियरिङ, बेजोड सुरक्षा र अद्वितीय ४ बाई ४ क्यापाबिलिटीमा पनि कुनै सम्झौता गरिएको छैन,’ जिप कम्पासको रेन्ज विस्तारबारे एमएडब्लु लाइफका बिजनेस हेड जोजु जोस थट्टलिले भने ।

एमएडब्लु लाइफले दसैंतिहारको अवसर पारेर एक्सचेन्ज क्याम्पेन पनि संचालन गरिरहेको छ । ‘एक्सचेन्ज विथ जिप’ नाम दिइएको यो क्याम्पेनमा ग्राहकले अभुतपूर्व एक्सचेन्ज बोनस पाउनुहुनेछ ।

जिप कम्पास डिजेल अटोमेटिकका फिचर्स

  • ९-स्पिड अटोमेटिक गियर बक्स र ‘फोर बाई फोर क्यापाबिलिटी’को बेजोड संयोजन
  • १७३ बीएचपी उर्जा उत्पन्न गर्ने शक्तिशाली बीएस६ कम्प्लायन्ट २.० लिटरको टर्बो डिजेल इन्जिन
  • ‘क्रुज कन्ट्रोल’, ‘मेमोरी फंक्सन’सहितको ‘पावर्ड ड्राइभर सिट’ र ‘फुल साइज पानोरामिक सनरुफ’
  • ‘इलेक्ट्रोनिक स्टार्ट स्टप फंक्सन’ तथा उत्कृष्ट ‘फ्युल इफिसेन्सी’
  • ‘स्टप एन्ड गो ट्राफिक कन्डिसन’का लागि सर्वोत्तम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment