+
+

रोकिएन सेयर बजारको गिरावट, नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्याे

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २८ गते १५:११

२८ असोज, काठमाडौं । साताको चौथों दिन बुधबार पनि सेयर बजार ओरालो लागेको छ । मंगलबार ९ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ७ अंकले घटेको हो ।

नेप्से परिसूच्क ७ दशमलव ४९ अंकले घटेर १ हजार ५ सय ६१ दशमलव १७ अंकमा झरेको छ । नेप्से परिसूचकमाबै होइन अघिल्लो कारोबारको तुलनामा सेयर कारोबार रकममा समेत गिरावट आएको छ ।

मंगलबार करिब २ अर्बको कारोबार भएकोमा बुधबार डेढ अर्बको पनि कारोबार भएन ।

दिनभर भएका २४ हजार ८ सय ९९ कारोबारबाट १९५ कम्पनीका ५२ लाख ९१ हजार ३ सय १४ कित्ता सेयर खरिद बिक्री भएका छन् । जस अनुसार कारोबार रकम १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९ सय ९२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?