+
+
Shares

धादिङमा दसैं लक्षित निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २८ गते १७:३१

२८ असोज, काठमाडौं । आसन्न विजयादशमीलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय धादिङले थप केही कार्यमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेदेखि नै लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

केन्द्र सरकारले जिल्ला प्रशासनलाई दिएको अधिकारको प्रयोग गरी केही निषेधका कार्यक्रमहरू थप गरिएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रबहादुर मल्लले जानकारी दिए । प्रशासनले यसअघि असोज ११ गतेसम्मको लागि जारी गरेको निषेधाज्ञालाई केही परिमार्जन सहित फेरि लागू गरिएको मल्लले अनलाइनखबरलाई जानकारी दिए ।

प्रशासनले दसैं लगायतका चाडपर्वमा मनाउँदा एकाघर परिवारमा बसिरहेका सदस्यबाहेक नाता, कुटुम्ब तथा छिमेकीहरू भेला नहुने गरी मनाउन भनेको छ । सार्वजनिक स्थान वा मन्दिरमा भिडभाड हुने गरी सामूहिक पूजा, अर्चना, प्रार्थना नगर्न पनि प्रशासनले जिल्लावासीसँग आग्रह गरेको छ।

लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनको सम्बन्धमा भने केन्द्र सरकारको निर्णय बमोजिम हुने सूचनामा उल्लेख छ । पसल, व्यवसाय, यातायातका साधन सञ्चालन गर्दा व्यवसायीले मास्क, सेनिटाइजर, ग्लोब प्रयोग गरी सामाजिक दुरी कायम गर्नुपर्ने सूचनामा उल्लेख छ ।

सरकारी कार्यालयहरुले दिने सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि टोकन वा आलो पालो प्रणाली अनुसार हुने बताइएको छ।

धादिङ प्रशासनले जारी गरेको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?