+
+
Shares

आन्दोलन चर्किएपछि किर्गिस्तानका राष्ट्रपतिले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २९ गते १५:३३
Photo Credit : Reuters

२९ असोज, काठमाडौं । किर्गिस्तानका राष्ट्रपति सूरोनबे जीनबेकोभले बिहीबार राजीनामा दिएका छन् । मुलुकमा द्वन्द्वको अवस्था आउन नदिन पदबाट राजीनामा दिएको उनले बताएका छन् । उनको बहिर्गमनको माग गर्दै प्रदर्शन गरिरहेका प्रदर्शकारीहरु र सुरक्षाकर्मीको बीचमा द्वन्द्वको अवस्था आउन सक्ने आशंकाको कारण आफूले राजीनामा दिएको उनले बताएका छन् ।

गत अक्टोबर ४ मा भएको संसदीय निर्वाचनपछि अहिले किर्गिस्तानमा निरन्तर आन्दोलन चलिरहेको छ । यो निर्वाचनमा जीनबेकोभको गठबन्धनले जितेको घोषणा गरिएको थियो । तर, विपक्षीले भने यो नतिजालाई अस्वीकार गरेका थिए ।

विपक्षीहरुले सडक आन्दोलन चर्काउँदै सरकारी कार्यालयहरु कब्जा गरेसँगै निर्वाचनको उक्त नतिजा रद्द गरिएको थियो । साथै जीनबेकोभले गत साता पदबाट राजीनामा दिने घोषणा गरेका थिए । यद्यपि उनले आगामी निर्वाचनसम्म आफू पदमा रहनुपर्ने भन्दै राजीनामामा ढिलाइ गर्दै आएका थिए ।

जीनबेकोभले बुधबार संसद्ले प्रधानमन्त्रीको रुपमा छानेका साडयर जापारोभलाई प्रधानमन्त्रीको रुपमा स्वीकार गर्ने बताएका थिए । यसअघि संसदीय प्रक्रिया पूरा नगरी उनलाई प्रधानमन्त्रीमा चयन गरिएको हुन सक्ने भन्दै जीनबेकोभले प्रधानमन्त्रीलाई अस्वीकृत गरेका थिए । उनले पुनः संसदीय निर्वाचन गर्न निर्देशन दिएका थिए । तर, बुधबार भएको संसदीय निर्वाचनमा पनि जापारोभ नै निर्वाचित भएपछि जीनबेकोभले उनलाई स्वीकार गर्ने बताएका थिए । जापारोभ किर्गिस्तानका राष्ट्रवादी नेता मानिन्छन् ।

चीनसँग सीमा जोडिएको मध्य एसियाली मुलुक किर्गिस्तानमा पछिल्लो केही वर्षयता उल्लेख्य राजनीतिक अस्थिरता देखिएको छ । रुसको निकट मानिने यो मुलुकमा क्यानडाको स्वामित्वमा रहेका ठूला सुन खानी पनि छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?