Comments Add Comment

असफलताबाट सिक्दै अगाडि बढ्दै प्रदिप

नायक प्रदिप खड्काको करिअरमा सफलता र असफलता दुबै आयो । आफैले निर्माण तथा अभिनय गरेको चलचित्र ‘स्केप’ असफल हुँदा उनी अष्ट्रेलिया जाने तयारीमा थिए । तर, चलचित्र ‘प्रेमगीत’बाट अवसर पाएपछि उनको करिअर बदलियो । आज प्रदिप नेपाली चलचित्रको सपल नायकको रुपमा चिनिन्छन् ।

प्रदिपले फेरि असफलता देखे । असफलताको बाटोले धेरैको रंगिन दुनियाँको यात्रा टुंगाएको छ । चलचित्र असफल भएपछि धेरै कलाकार भौतारिएका छन् र यात्रा नै अन्त्य गरेका छन् ।

तर, प्रदिप असफलताबाट सिक्दै अगाडि बढ्नुपर्ने धारणा राख्छन् । उनका अनुसार, असफलताले हिड्ने बाटो मोडिदिने सक्छ तर अन्त्य गर्न सक्दैन । असफल हुँदैमा बाटो नै सकियो भनेर हरेश खान नहुने प्रदिपको वुझाई छ । पछिल्ला चलचित्र ‘रोज, लभ स्टेशन’ असफल भएपछि केही समय ब्रेक लिएका प्रदिप फेरि एकपछि अर्को चलचित्रमा काम गर्दैछन् ।

उनी, कलाकार तथा निर्देशक अनुप बरालसँग पोखरामा बसेर ३ महिनाको अभिनय कोर्ष पनि सिकिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment