Comments Add Comment

कोरोना संक्रमणबाट १३ जनाको मृत्यु

१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।

ललितपुर र चितवनका २/२ तथा काठमाडौं, भक्तपुर, धादिङ, काठमाडौं, गुल्मी, रुपन्देही, कास्की, इलाम र सप्तरीका एकएक जनाको मृत्यु भएको हो ।

  • पाटन, ललितपुरका २८ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पतालमा शुक्रबार मृत्यु भएको छ । २३ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २८ गते अस्पताल भर्ना भएका थिए ।
  • ललितपुरका ८० वर्षीय पुरषको पाटन अस्पतालमा शुक्रबार मृत्यु भएको छ । २५ असोजमा अस्पताल भर्ना भएका उनलाई २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • खैरहनी, चितवनका ६८ वर्षीया महिलाको शनिबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनिया र मुटुमा समस्या भएर २४ असोजमा अस्पताल भर्ना भएकी उनलाई २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मिर्गौलासम्बन्धी रोग समते थियो ।
  • खैरहनी नगरपालिका-१२, चितवनका ४१ वर्षीय पुरुषको शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित उनलाई २ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी वडा नम्बर १२ का वडा सदस्य समेत हुन् ।
  • सिनामंगल, काठमाडौंका ६६ वर्षीय पुरुषको शनिबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २७ असोजमा अस्पताल भर्ना भएका उनलाई २८ गते कोरोना संक्रमण पुष्टि भउएको थियो ।
  • इनचो, भक्तपुरका ७० वर्षीय पुरुषको शनिबार होम आइसोलेसनमा मृत्यु भएको छ । उनलाई २९ असोजमा कोरोना संक्रमण संक्रमण पुष्टि भएको थियो ।
  • पाँचखाल, काभ्रेका ७३ वर्षीय पुरुषको शुक्रबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको छ । दमको समस्याबाट पीडित उनलाई मङ्गलबार अस्पताल भर्ना गरिएको थियो ।
  • धादिङका ४५ वर्षीय पुरुषको शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनी २७ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • रेसुंगा नगरपालिका-३, गुल्मीका ५३ वर्षीया महिलाको कोरोना विशेष अस्पताल, बुटवलमा मृत्यु भएको छ । उनी असोज ३० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् ।
  • बुटवल उपमहानगरपालिका-८, रुपन्देहीका ४९ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा मृत्यु भएको छ । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी श्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका थिए ।
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकी पोखरा महानगरपालिका-३, कास्कीकी ५६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएकी उनको साँझ मृत्यु भएको थियो ।
  • सूर्याेदय नगरपालिका- १२, इलामकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ । चार दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकी उनको दुबै मिर्गौलाले काम गर्न छाडेको थियो ।
  • तिरहुत-३, सप्तरीका ५० वर्षीय पुरषको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment