Comments Add Comment

२९४२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १६९८ जना

२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ८७५ नमुना परीक्षण गर्दा १११७ महिला र १८२५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । उनीहरुमध्ये ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३२६ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३०१ जनाको आईसीयू र ६६ जनाको भेल्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका १४६९ जना, ललितपुरका १३० र भक्तपुरका ९९ जना छन् ।

रुपन्देहीका १९२ जना, चितवनका १४९, सुर्खेतका ११०, मोरङका १३८, झापाका ७२, नवलपुरका ५५, मकवापुरका ४३, बाँकेका ४१, कास्कीका ३१, स्याङ्जा र कपिलवस्तुका ३०/३० जना, नवलपरासीका २९, गोरखाका २६, पाल्पाका २०, तनहुँका १९, सल्यानका १५, उदयपुरका १४, सुनसरीका १२, बारा, बर्दिया र दैलेखका १०/१० जना, इलाम, नुवाकोट र डोटीका ९/९ जना छन् ।

यस्तै संखुवासभा र पर्साका ८/८ जना, खोटाङ र दाङका ६/६ जना, धादिङ, बाग्लुङ र कञ्चनपुरका ५/५ जना, रौतहट, काभ्रे, रामेछाप, लमजुङ, अर्घाखाँची, गुल्मी र कालीकोटका ४/४ जना, सर्लाही, सिराहा, हुम्ला र बैतडीका ३/३ जना, तेह्रथुम, म्याग्दी, रुकुम पश्चिम र दार्चुलाका २/२ तथा ओखलढुंगा, धनुषा, महोत्तरी, सप्तरी, दोलखा, सिन्धुली, प्युठान, जुम्ला, अछाम र बझाङका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment