Comments Add Comment

पाचन तन्त्रका लागि जरुरी छ प्रोबायोटिक्स

हाम्रो शरीरको रक्षात्मक प्रणाली एकदम बलियो हुन्छ । पेटमा ५ सयभन्दा बढी राम्रो ब्याक्टेरिया रहेको हुन्छ । यी त्यही ब्याक्टेरिया हुन्, जसले शरीरमा पैदा हुने खराब ब्याक्टेरियाबिरुद्ध लड्ने गर्छ । यिनीहरुको काम हामीले खाएको खानेकुरा पचाउने हो र त्यही कारण हाम्रो प्रतिरक्षा प्रणाली बलियो हुन्छ ।

जब हाम्रो पाचन तन्त्रमा खराब ब्याक्टेरिया बढ्न थाल्छ, तब हामीलाई वान्ता आउला जस्तो महसुष हुन्छ । यसका साथै पेट दुख्ने र पखला लाग्ने पनि हुनसक्छ । खराब ब्याक्टेरिया बढ्नुमा कहिले काहीँ सफाईको कामी वा एन्टिबायोटिकको साइड इफेक्ट पनि हुनसक्छ । यसले खराब ब्याक्टेरिया सक्रिय हुन्छन् र आन्द्राको बाहिरी पत्र नष्ट गर्न सुरु गर्छन् । त्यही कारण हामीलाई कहिले काहीँ पेटको गंभिर रोग पनि लाग्छ ।

यस्तो पृष्टभूमीमा जान्न जरुरी छ कि, प्रोबायोटिक्स कस्तो किसिमको गंभिर रोगबाट लड्न सहयोगी हुन्छ ? यसको स्रोत के हुन् ?

प्रोबायोटिक्सको प्रमुख स्रोत

प्राकृतिक प्रोबायोटिक्सका लागि दही एक राम्रो विकल्प हो । भनिहालौं, दहीमा ल्याक्टोबेसिल्स नाकको ब्याक्टेरिया पाइन्छ । यो ब्याक्टेरिया स्वास्थ्यप्रद हुन्छ । यो शरीरमा पुगेपछि पाचन यन्त्रलाई दुरुस्त बनाउन मद्दत गर्छ । यसका साथै प्रोबायोटिक्सका लागि हामीले पनिर पनि सेवन गर्न सक्छौं । पनिरमा पनि पर्याप्त मात्रामा प्रोबायोटिक्स पाउन सकिन्छ । अझ काँचो पनिर अरु बढी लाभदायक हुन्छ । तारेको वा धेरै पकाएको पनिरमा भने प्रोबायोटिक्स नष्ट हुन्छ । यसैले काँचो पनिर उपयोगी हुन्छ ।

प्रोबायोटिक्सको मात्राका लागि सोया दही वा टोफु पनि प्रयोग गर्न सकिन्छ ।

प्रोबायोटिक्सले कसरी काम गर्छ ?

प्रोबायोटिक्स मूख्य रुपले ब्याक्टेरिया र यीस्टमा पाइन्छ । यसले आन्द्रा र पेटको कार्य क्षमता बढाउँछ साथै त्यसको बाहिरी पत्रको सुरक्षा पनि गर्छ । यसका साथै प्रोबायोटिक्सले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यसको कम हानिकारक व्याक्टेरिया नष्ट  गर्नु र पाचन तन्त्र सम्बन्धित तमाम रोग जस्तो पखला, कोलाइटिस, एन्टि कोलाइटिस इरिटेबल बल सिन्ड्रोम, क्रन्स डिजिज जस्ता रोगबाट बचाउनु हो । त्यती मात्र होइन, यसको काम भजाइनल इन्फेक्सनबाट बचाउनु पनि हो ।

यस कुराको ख्याल राखौं

प्रोबायोटिक्सका लागि प्रत्येक दिन दुई कचौरा दही सेवन गर्न सकिन्छ । यसमा भरपुर मात्रामा प्रोबायोटिक्स पाइन्छ । यद्यपि ताजा दही दुई, तीन भित्र खाइसक्नुपर्नेछ । नभए त्यसमा रहेको राम्रो ब्याक्टेरिया नष्ट हुनसक्छ । बजारमा उपलब्ध दहीको तुलनामा घरमै ताजा दही बनाएर सेवन गर्नु उत्तम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment