+
+
Shares

प्रदेश २ का सभामुखद्वारा दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १९:५८

३ कात्तिक, जनकपुरधाम । प्रदेश २ का सांसदले पनि दसैँ भत्ता पाएका छन् । सांसदहरुको दसैँ भत्ता बैंक खातामा गइसकेको छ ।

कोरोना कहरसँग जुधिरहेको प्रदेशका सांसदले दसैँ भत्ता कानुन अनुसार नै पाएको प्रदेशका सभामुख सरोजकुमार यादव बताउँछन् । ‘कानुन अनुसार नै उहाँहरुको दसैँ भत्ता गएको हो, मैले पठाएको होइन’ सभामुख यादवले अनलाइनखबरसँग भने, “यो मैले रोकेर रोकिने कुरा पनि होइन् ।”

कानुन अनुसार सांसदलाई भत्ता पठाइएको बताउँदै उनले भने, “जसलाई मन लाग्छ उसले लिने हो ।”

यद्यपि अहिलेसम्म फिर्ता लिने भन्ने कोही माननीय देखा नपरेको उनले बताए ।

सभामुख यादवले आफूले भने दसैँ भत्ता फिर्ता गर्ने घोषणा गरे । उनले भने, “म यो भत्ता बापतको रकम फिर्ता गर्छु । र, कोरोना कोषमा जम्मा गर्छु ।”

प्रदेश २ मा एक जना सांसदले प्रति महिना रु ६१ हजार २० पारिश्रमिक पाउँदै आएका छन् । सभामुखले रु ६८ हजार ४ सय ४०, उपसभामुख, विपक्षी दलका नेता, प्रमुख सचेतकले रु ६७ हजार २४ प्रति महिना पारिश्रमिक पाउँदै आएका छन् । सोही अनुसार उनीहरुले दसैँ भत्ता पनि पाएका छन् ।

प्रदेशमा सत्ता पक्ष जनता समाजवादी पार्टीका ५५, प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ३२, नेपाली कांग्रेसका १९ र संघीय समाजवादी पार्टीका १ जना गरी कुल १ सय ७ जना सांसद छन् । यसमध्ये एकजना मुख्यमन्त्री, ६ जना मन्त्री र ६ जना राज्य मन्त्रीले भने आ-आफ्नो मन्त्रालयबाट पारिश्रमिक लिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?