Comments Add Comment

समयमै उपचार नगर्दा राजु सदाको मृत्यु : संसदीय अध्ययन समिति

फाइल तस्वीर

३ कात्तिक, जनकपुरधाम । व्यवस्थापकीय पक्षको कमजोरीका कारण प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनभित्र छट्पटिएर राजु सदाको मृत्यु भएको भन्दै प्रतिवेदन सार्वजनिक गरिएको छ ।

राजु सदाको मृत्यु सम्बन्धी अध्ययन गर्न गठित प्रदेश सांसदको टोलीले आफ्नो प्रतिवेदन सोमबार सार्वजनिक गर्दै समग्र व्यवस्थापकीय पक्ष कमजोर रहेकै कारण राजु सदाको छटपटिएर मृत्यु भएको जनाएको छ ।

गत असार ९ गते आइसोलेसनमा छटपटिएर मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका-७ का राजुको मृत्यु सम्बन्धी घट्ना अध्ययनका लागि प्रदेश २ सभाले गत असार २४ गते नेकपा सांसद रविन्द्र बैठाको संयोजकत्वमा चमेली देवी दास, सुरिता कुमारी साह, नरेश यादव र सावित्री देव साह सदस्य रहने गरी संसदीय अध्ययन विशेष समिति गठन गरेको थियो ।

समितिले मृतकको घरका साथै उनी बसेको क्वारेन्टिन, प्रादेशिक अस्पताल र आइसोलेसनको निरीक्षण गर्दै सरोकारवालासँग कुरा गरेर प्रतिवेदन तयार पारिएको समिति संयोजक बैठाले बताए ।

जेठ १४ गते भारतबाट आएका राजु सदालाई सोही दिन गाउँकै स्वास्थ्य चौकीको क्वारेन्टिनमा राखिएको थियो । तर जेठ २३ गते उनको आरडिटी टेष्ट गर्दा रिपोटै पोजेटिभ देखिएको थियो । क्वारेन्टिनमै रहेको अवस्थामा खाना नरुचेको, कमजोरी बढेको, शारीरिक रुपमा सुस्त भएको देखिएपछि जेठ २९ गते नगरपालिकाको टिपरमा हालेर उनलाई प्रादेशिक अस्पताल ल्याइएको थियो ।

प्रादेशिक अस्पताल आएकै दिन उनको स्वाब संकलन गरिएपनि असार ८ गते रिपोर्ट नेगेटिभ आएको र च्यस बेलासम्म राजुको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगिसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । रिेपोर्ट आएपछि मात्रै आकस्मिक कक्षमा लगिएपनि त्यसको भोलिपल्ट मृत्यु भएको भन्दै प्रतिवेदनमा झाडापखाला लागेका बिरामीलाई समयमा नै औषधि उपचार गराउनुपर्नेमा सो नगरेको प्रतिवेदनमा उल्लेख छ । ‘उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था बेलैमा नभएको पनि देखियो’ प्रतिवेदनमा भनिएको छ, “बेलैमा पीसीआर रिपोटए आएको भए बिरामीको स्वास्थ्य उपचार थप प्रभावकारी हुन सक्थ्यो ।”

सांसदको अध्ययन समितिले राजु आइसोलेसन बेडबाट झरेपछि कति समय पश्चात स्वास्थ्यकर्मी त्यहाँ पुगेको हो त्यस सन्दर्भमा यथार्थ जानकारी यकीन गर्न नसकिएका जनाएको छ । सिसिटिभी त्यस बेला खराब रहेकाले त्यो यकीन गर्न नसकिएको समिति संयोजक बैठाले बताएका छन् ।

सामाजिक विकास मन्त्रालयले सहयोग गरेन

सांसदको अध्ययन समितिले सामाजिक विकास मन्त्रालयले आफूहरुलाई अध्ययन गर्नमा कुनै किसिमको सहयोग नगरेको समेत प्रतिवेदनमा जनाएका छन् । ‘मन्त्रालयसँग निरन्तर सम्पर्क गर्न खाज्दा फोन नउठेको र पत्र लेखी घट्ना सम्बन्धमा जानकारी माग गरिएकोमा सो सम्बन्धमा समेत कुनै जवाफ प्राप्त नभएको प्रतिवेदनमा भनिएको छ ।

केरोना महामारीका कारण स्थापित गरिएको कोभिड अस्पतालको व्यवस्थापकीय पक्ष बलियो हुनुपर्ने र मानव स्वास्थ्य संवेदनशिलताप्रति गम्भीर रुपमा प्रस्तुत हुनुपर्नेमा मन्त्रालयको सशक्त उपस्थिति हुन नसकेको देखिएको अध्ययन समितिले जनाएको छ ।

यस्तै, कोरोना बिरामीलाई लक्षित गरी बनाइएको अस्पतालमा प्रि आइसोलेसनमा रहँदा बिरामीका लागि ल्याब, एक्सरे, सिटीस्क्यान, भेन्टिलेटर को व्यवस्था नरहेको अध्ययन समितिले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment